२५ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘विधि विपरीत पार्टी कब्जा गर्न खोजे लोकतन्त्र नै संकटमा पर्छ’ : कृष्णप्रसाद सिटौला

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विधान र पद्धति विपरीत गलत बाटोबाट पार्टी कब्जा गर्ने प्रयास भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । 

सोमवार काठमाडौंमा नेपाली काँग्रेस सिन्धु–काठमाडौँले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रवृत्तिले पार्टीलाई मात्र नभई देशको समग्र लोकतान्त्रिक शासन पद्धतिलाई नै गम्भीर असर पार्ने चेतावनी दिए। नेता सिटौलाले विशेष महाधिवेशनको पक्षमा रहेका नेताहरूलाई आफ्नो निर्णयमाथि पुनर्विचार गर्न आग्रह गरे।

 उनले नेतृत्वको आलोचना गर्ने समूहको अस्थिर राजनीतिक चरित्रमाथि प्रश्न उठाए। सिटौलाले केही नेताहरूले ‘जेन–जी मुभमेन्ट’ का कारण पूर्वसभापति शेरबहादुर देउवालाई जिम्मेवारीबाट बाहिर राख्न सफल भएको भनी दिने गरेका अभिव्यक्तिप्रति पनि टिप्पणी गरे । उनले तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कामार्फत जारी गरिएको वक्तव्यको स्मरण गराउँदै १४ औं महाधिवेशनको कार्यसमितिलाई समायोजन गर्न र क्रियाशील सदस्यहरूलाई विधिवत् मान्यता दिन माग गरे । 

उनले भने, ‘यहाँ पाल्नु भएका विशेष महाधिवेशनका तमाम साथीहरूलाई सबै पदाधिकारी सदस्य सबैलाई भन्न चाहन्छु तपाईँहरूले पुनर्विचार गर्नुस् । गलत बाटोबाट पार्टी कब्जा गर्न पुग्नु भएको छ । त्यही बाटोबाट तपाईँ हिँडिराख्नु भयो भने नेपाली काँग्रेस पार्टी मात्र होइन त्यही बाटोबाट हिँडिराख्नु भयो भने नेपालको लोकतन्त्र लोकतान्त्रिक शासन पद्धतिमा समेत गम्भीर असर पर्न सक्छ । तपाईंले एकपल्ट छातीमा हात राखेर सोच्नुस् २२ गते सम्म तपाईँहरू शेरबहादुरसँग कसरी कुरा गर्दै हुनुहुन्थ्यो अनि २५ गते कुन मनस्थितिमा पुग्नु भो तपाईंहरुरु एकपल्ट राम्ररी विचार गर्नुस् । कैले काहीँ भाषणमा गर्नुहुन्छ त्यही जेन–जी मुभमेन्टकै कारण त हामीले शेरबहादुरलाई निकाल्यौँ भन्ने खालको अभिव्यक्ति कैले काहीँ दिनुहुन्छ । यसमा मेरो एउटै भनाइ छ । हामीलाई हामीले त्यसबेला शेर बहादुरजीले दिनुभएको कार्यवाहक सभापति पूर्णबहादुर खड्का हुनुहुन्थ्यो उपसभापति । हाम्रै सल्लाहले उहाँले एउटा वक्तव्य निकाल्नुभयो । तपाईँहरूले विघटन गरेको १४ औं महाधिवेशन कार्य समितिलाई तपाईँ समायोजन गर्नुस् र १४ औं महाधिवेशनको क्रियाशील सदस्यलाई मान्यता दिनुस् । नवीकरणलाई निरन्तरता दिनुस् । अध्यावधिकको नाममा नाटक गर्न पर्दैन ।’

अद्यावधिक गर्ने नाममा कुनैपनि किसिमको नाटक आवश्यक नरहेको बताउँदै नवीकरण प्रक्रियालाई निरन्तरता दिँदै १४ औं महाधिवेशनका क्रियाशील सदस्यहरूको अस्तित्वलाई स्वीकार गरिनुपर्ने बताए। उनले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई जोगाउन विधि र प्रक्रियाको पूर्ण पालना हुनुपर्नेमा जोड दिए । 

0 Comments