काठमाडौँ । नेपाल पत्रकार महासंघकी पूर्वकेन्द्रीय लेखा समिति सदस्य मीरा राजभण्डारी अमात्यको निधनप्रति महासंघले श्रद्धाञ्जली व्यक्त गरेको छ ।
राजभण्डारीको उपचारका क्रममा सोमबार संयुक्त राज्य अमेरिकामा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
महासंघका महासचिव रामप्रसाद दाहालले आज जारी गरेको प्रेस विज्ञप्तिमा निधनमा दुःख र परिवारजनमा समवेदना व्यक्त गरेका थिए ।
लामो समयसम्म पत्रकारितामा योगदान दिएकी राजभण्डारीले सामाजिक र सांस्कृतिक विषयमा कलम चलाउँदै आएकी थिइन् ।






