२६ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘लेखापरीक्षण हाम्रो जिम्मेवारी हो, क्षतिबारे सम्बन्धित मन्त्रालयले स्पष्ट पार्नुपर्छ’ : महालेखा परीक्षक राया

अ+ अ-

काठमाडौँ। महालेखापरीक्षक तोयम रायाले आफ्नो कार्यालयको संवैधानिक भूमिका अनुसार लेखा परीक्षण गर्ने मात्र जिम्मेवारी रहेको स्पष्ट पारेका छन् । सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले लेखा परीक्षणसँग सम्बन्धित विषयमा उठेका प्रश्नको जवाफ सरकारले दिनुपर्ने धारणा राखे ।

रायाका अनुसार महालेखा परीक्षकको कार्यालयले सरकारी कागजात वा स्रेस्ता आफैँ संरक्षण गर्ने तथा कुनै रकम मिनाहा गर्ने अधिकार राख्दैन । लेखा परीक्षणका क्रममा सम्बन्धित कार्यालयमा देखिएको अवस्था र प्राप्त विवरणका आधारमा प्रतिवेदन तयार पार्ने काम मात्रै कार्यालयले गर्ने उनले बताए ।

आन्दोलनका क्रममा केही कार्यालयमा लेखा परीक्षण हुन नसकेको तथा कागजातमा क्षति पुगेको विवरण सम्बन्धित निकायबाट प्राप्त भएपछि सोही आधारमा प्रतिवेदनमा विषय समेटिएको उनको भनाइ छ । क्षतिको वास्तविक अवस्था, कागजातको व्यवस्थापन तथा स्रेस्ता जलेको विषयमा सम्बन्धित मन्त्रालयले नै आवश्यक स्पष्टता दिनुपर्ने उनले बताए ।

रायाले अहिले अधिकांश सरकारी कार्यालयमा राजस्वबाट प्राप्त नगद लामो समयसम्म कार्यालयमै राख्ने अभ्यास नरहेको पनि जानकारी दिए । उनका अनुसार केही दुर्गम क्षेत्रका कार्यालयबाहेक अन्यत्र राजस्व रकम चारदेखि पाँच दिनसम्म कार्यालयमा राख्ने प्रचलन छैन ।

महालेखा परीक्षकको प्रतिवेदनअनुसार कुल १ खर्ब ४७ अर्ब रुपैयाँ बराबरको कारोबारको लेखा परीक्षण हुन नसकेको उल्लेख गरिएको छ । लेखा परीक्षण हुन नसकेको रकम र त्यससँग सम्बन्धित विषयमा आवश्यक जवाफ तथा विवरण सम्बन्धित सरकारी निकायबाटै आउनुपर्ने रायाको भनाइ छ ।

0 Comments