काठमाडौँ । सशस्त्र प्रहरीले एक वर्षको अवधिमा रु. १३ करोड बढी मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।
आर्थिक वर्ष २०८२–३ मा रु. १३ करोड नौ लाख १८ हजार ४४१ मूल्य बराबरको अवैध सामान बरामद गरी भन्सार दाखिला भएको हो ।
सोही अवधिमा रु. एक करोड ४२ लाख ११ हजार ८८ मूल्य बराबरको अवैध काठ बरामद गरी दाखिला गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक मदनकुमार रसाइलीले जानकारी दिए ।
प्रहरीले आठ वटा सवारीसाधनसहित एक हजार ५०७ क्युफिट काठ र ५१ थान फर्निचर बरामद गरेको थियो ।
अवैध उत्खनन नियन्त्रणतर्फ ८० वटा सवारीसाधन नियन्त्रणमा लिई रु २५ लाख ५० हजार जरिवाना असुल गरिएको सशस्त्र प्रहरी बल, नेपाल दुई नं. गण, झापाले जानकारी दिएको छ ।






