२६ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई ‘जेल विदाउट बेल’को व्यवस्था गर्न माग

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद शाहजान खातुनले स्वास्थ्यकर्मीहरूको सुरक्षा सुनिश्चित गर्न र स्वास्थ्य क्षेत्रका विद्यमान समस्या समाधान गर्न सरकारकको ध्यानाकर्षण गराएकी छन् ।

मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खातुनले स्वास्थ्यकर्मीमाथि हातपात र दुर्व्यवहार गर्नेलाई ‘जेल विदाउट बेल’ (धरौटीबिनाको जेल) को कानूनी व्यवस्था गर्न माग गरेकी हुन् ।

सदनलाई सम्बोधन गर्दै सांसद खातुनले कोभिड–१९ को कठिन समयमा स्वास्थ्यकर्मीले खेलेको जोखिमपूर्ण भूमिकाको स्मरण गरिन्। सांसद खातुनले कालिकोटको पलाता अस्पतालदेखि वीरगन्जको नारायणी अस्पतालसम्म स्वास्थ्यकर्मीहरूले असुरक्षित वातावरणमा काम गर्नुपरेको उल्लेख गरिन् । न्युन पारिश्रमिक, अत्यधिक कार्यबोझ, र सेवा सुविधाको अभावका बीच पनि सेवामा खटिएका चिकित्सक तथा नर्सहरूमाथि अस्पतालभित्रै हुने धम्की र हातपातका घटनाले उनीहरूको मनोबल गिरेको उनको तर्क छ ।

उनले भनिन्, ‘कोभिडको समयमा जब आफन्तले आफन्तको साथ छोडेका थिए, तब स्वास्थ्यकर्मीले नै आफ्नो ज्यान जोखिममा राखेर बिरामीको सेवा गरे । त्यतिबेला ‘फ्रन्टलाइन हिरो’ भन्दै ताली बजाइएका स्वास्थ्यकर्मी आज आफ्नै कार्यक्षेत्रमा असुरक्षित हुनु दु:खद् छ । एउटा चिकित्सक बन्न वर्षौँको मेहनत र करोडौँ खर्च लाग्छ । तर आज दक्ष जनशक्ति देशमै बसेर सेवा गर्ने वातावरण नपाउँदा बिदेसिन बाध्य छन् । मेडिकल कलेजका मेरुदण्ड मानिने इन्टर्न र रेसिडेन्ट चिकित्सकहरूको स्टाइपेन्ड र समयको सुनिश्चितता हुन सकेको छैन ।’

उनले स्वास्थ्यकर्मीको तलब, जोखिम भत्ता, बिमा र सुरक्षित आवासको व्यवस्था गर्न सरकारसँग आग्रह गरिन् । स्वास्थ्यकर्मीलाई सुरक्षित राख्नु भनेको समग्र नागरिकको स्वास्थ्य प्रणालीलाई सुरक्षित राख्नु भएको उनको भनाइ छ ।

0 Comments