२६ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री शाहको भारत भ्रमणबारे नयाँ मिति तय नभएको भारतको प्रष्टीकरण

अ+ अ-

काठमाडौँ । भारतले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत भ्रमणका लागि यसअघि नै निमन्त्रणा दिइसकेको जनाएको छ। भ्रमणको मिति भने दुवै देशको अनुकूलताका आधारमा तय हुने भारतीय विदेश मन्त्रालयले स्पष्ट पारेको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणबारे जानकारी दिँदै निमन्त्रणा पहिल्यै पठाइसकिएको बताएका हुन्।

जैसवालका अनुसार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री शाहसँग भेट गरी दुई देशबीचका पारस्परिक हित तथा चासोका विभिन्न विषयमा छलफल गरेका छन्।

प्रधानमन्त्री शाहले भारत भ्रमण गर्ने विषयमा सोधिएको प्रश्नमा जैसवालले प्रधानमन्त्री शाहले पदभार ग्रहण गरेकै समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई भारत भ्रमणको निमन्त्रणा दिएको जानकारी दिए।

भ्रमणसम्बन्धी थप प्रगति भए त्यसबारे सार्वजनिक रूपमा जानकारी गराउने भारतीय विदेश मन्त्रालयको भनाइ छ।

यसै क्रममा नेपालका परराष्ट्र मन्त्री शिशिर खनालले सन् १८१६ को सुगौली सन्धिको मूलप्रति फेला नपरेको भन्ने अभिव्यक्तिबारे पनि भारतीय पक्षसँग प्रश्न गरिएको थियो। प्रवक्ता जैसवालले यस विषयमा प्रत्यक्ष तथा ठोस प्रतिक्रिया दिएनन्।

उनले नेपाल-भारत सम्बन्ध सामान्यतया राम्रो रहेको उल्लेख गर्दै कतिपय विषयमा दुई देशबीच मतभिन्नता रहन सक्ने बताए। यस्ता विषय समाधानका लागि दुवै पक्षबीच संवाद गर्ने स्थापित संयन्त्र रहेको र आवश्यकताअनुसार वार्तामार्फत विषय अघि बढाउन सकिने उनको भनाइ थियो।

0 Comments