२६ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभा बैठक स्थगित, खानीसम्बन्धी विधेयकको प्रक्रिया रोकियो

अ+ अ-

काठमाडौँ । गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभाको मंगलबारको बैठक स्थगित भएको छ । बैठक सञ्चालनका लागि आवश्यक न्यूनतम सांसद संख्या नपुगेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक भदौ १ गतेसम्मका लागि स्थगित गरेका हुन् ।

बैठकमा नेपाली काँग्रेसका सांसद निष्कल राईले गणपूरक संख्याबारे प्रश्न उठाउँदै उपस्थित सांसदको संख्या गणना गर्न माग गरेका थिए । त्यसपछि तीन मिनेटसम्म घण्टी बजाएर सांसदहरूको उपस्थिति सुनिश्चित गर्ने प्रयास गरिएको थियो ।

सभामुख अर्यालका अनुसार बैठक सञ्चालनका लागि कम्तीमा ६९ सांसद उपस्थित हुनुपर्नेमा ६१ जना मात्रै उपस्थित रहेको पाइएपछि बैठक स्थगित गरिएको हो ।

मंगलबारको बैठकमा खानीसम्बन्धी विधेयकमाथि ‘विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची थियो । तर गणपूरक संख्या नपुगेपछि उक्त कार्यसूची अघि बढ्न सकेन ।

प्रस्ताव प्रतिनिधिसभामा अघि बढेको अवस्थामा सांसदहरूलाई विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्न ७२ घण्टाको समय सुरु हुने थियो । बैठक नै स्थगित भएपछि उक्त प्रक्रिया पनि रोकिएको छ ।

अब प्रतिनिधिसभाको अर्को बैठकमा आवश्यक गणपूरक संख्या पुगेपछि मात्रै खानीसम्बन्धी विधेयकमाथिको कार्यसूची अघि बढ्नेछ । प्रतिनिधिसभाको अर्को बैठक भदौ १ गते बस्ने गरी स्थगित गरिएको छ ।

0 Comments