२७ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘चुनावी परिणाम र युवा नेतृत्वको क्याबिनेटले मात्रै सपना पूरा हुँदैन, सरकारले काम गर्नुपर्छ’ : रवि लामिछाने

अ+ अ-

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चुनावी परिणाम र युवा नेतृत्वको मन्त्रिपरिषद्ले मात्रै मुलुकको वर्षौँदेखिको सपना पूरा नहुने भन्दै त्यसका लागि सरकारले परिणाममुखी काम गर्नुपर्ने बताएका छन् ।

बुधवार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन् । उनले सरकार गठन भएको चार महिना बित्दा समेत सडकको आवाज कम नहुँदा सरकारलाई परिणाम दिनुपर्ने चुनौती थपिएको समेत बताए ।

यद्यपि समाजमा धैर्यताको कमी हुँदै गएको कारण तत्काल परिणाम खोज्ने प्रवृत्तिले छिट्टै निराश हुने अवस्था सिर्जना गरेको उनको भनाइ छ । लामिछानेले माइतीघरमा अझै पनि भीड देखिएको उल्लेख गर्दै यस्तो अवस्था निराशाको कारण हो वा नागरिक बानी परिसकेका हुन् ? भन्ने कुरा छुट्याउन कठिन भएको तर्क समेत गरे । उनले राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा उमेर समूहको मात्र नभई युवा पुस्ताको विचारको प्रतिनिधित्व होस् भन्ने कुरामा सचेत रहेको पनि बताए । उनले नागरिकमा छिटो पवरिणाम खोज्ने परिपाटी कायम रह्यो भने विकल्प खोज्नुको विकल्प नरहने समेत बताए । आफूहरू विकल्प खोज्न नभई विकल्प बन्न भएको समेत उनको दाबी छ ।

उनले भने, ‘अहिले नेतृत्वमा युवाहरू हुनुहुन्छ, युवा गतिविधि बढेका छन् । तर आवाज त्यति धेरै घटेको हामी सुन्दैनौँ । किनकि यसलाई परिणाममा बदल्ने चुनौती हामीसँग छ । चुनावको नतिजाले मात्रै, पार्लियामेन्टको संख्याले मात्रै र क्याबिनेटको युवा नेतृत्वले मात्र हामीले बर्षौदेखि देखेको सपना पूरा हुँदैन, त्यसका लागि हामीले काम गर्नुपर्ने हुन्छ । एउटा कुरा सत्य हो की अहिले संसारभरी धैर्यताको कमी छ । हामी सायद यस्तै समाजमा हुर्किएका छौँ कि हामीमा पनि धैर्यताको कमी चाहिँ देखिएको छ । हामीलाई लामा कुराहरू पढ्ने, लामा कुराहरू सुन्ने, अलिकति समय लिएर व्याख्या गरिएका कुराहरूमा अलिकति चासो दिने, त्यो स्वभाव घट्दै गएको कारणले गर्दा खेरि पनि हामीलाई परिणाम अत्यन्त छिटो चाहिएको छ । छिटो परिणाम खोज्दा छिट्टै निराश भइने समाजमा पो हामी छौँ कि भन्ने मलाई लाग्छ । किनभने हामी चार महिनादेखि सरकारको नेतृत्व गरिरहेका छौँ तर आवाजहरू उस्तै देखिन्छन् । म माइतीघरमा अझै पनि भिडभाड देखिरहेको छु । आशा मरेर हो कि बानी परेर हो ? मैले छुट्याउन सक्या छैन । बानी परेको पो हो कि भन्ने कुराले चिन्ता लागेको छ । यदि हामीले निराश हुने बानी पारेका हौँ भने त कसैले पनि हामीलाई तृप्त गर्न सक्दैन । कसले तृप्त पार्ने हो र ? चार महिनाको अवधिमा देशमा उस्तै आवाज अझ ठूलो आवाज भएन र सकिएन भन्ने आवाज आउन थाल्दा खेरि त कसरी सकिएला र ?’

उनले बिना अनुभवको राजनीतिले केही हुन सक्दैन भन्ने भाष्य सिर्जना भएको भन्दै उनले उक्त भाष्यले मुलुकको हित हुन नसक्ने बताए ।

0 Comments