२८ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘परराष्ट्र नीति दलीय स्वार्थभन्दा माथि र परिणाममुखी हुनुपर्छ’: सभापति उदास

अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिकी सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुम्निमा उदासले नेपालको परराष्ट्र नीति कुनै दल वा व्यक्तिको स्वार्थभन्दा माथि उठेर सामूहिक राष्ट्रिय हितमा केन्द्रित हुनुपर्ने बताएकी छिन् ।

नेपाल कानुन समाज र संविधान निगरानी समूहद्वारा आयोजित ‘नेपालको परराष्ट्र नीति: अवसर, चुनौती र भावी कार्यदिशा’ विषयक छलफल कार्यक्रममा बोल्दै सभापति उदासले परराष्ट्र नीतिलाई समयसापेक्ष बनाउन संस्थागत क्षमता अभिवृद्धि र यसलाई परिणाममुखी बनाउनुपर्नेमा जोड दिएकी हुन् । उनले सरकार र राजनीतिक नेतृत्व परिवर्तन भए पनि राष्ट्रिय हित दीर्घकालीन हुने उल्लेख गर्दै परराष्ट्र नीतिलाई स्थिर र साझा दृष्टिकोणका रूपमा अगाडि बढाउनुपर्ने बताइन् । उदासले नेपालले कुनै पनि महत्त्वपूर्ण अन्तर्राष्ट्रिय निर्णय लिनुअघि तीन वटा मुख्य आधारहरूलाई मापदण्ड बनाउनुपर्ने प्रस्ताव गरिन् । उनकाअनुसार, पहिलो–कुनै पनि निर्णयले नेपालको सार्वभौमसत्ता र रणनीतिक स्वायत्ततालाई कति मजबुत बनाउँछ भन्ने हेरिनुपर्छ । दोस्रो– त्यस निर्णयले नेपाली नागरिकको समृद्धि, रोजगारी र अवसर सिर्जनामा पुर्‍याउने योगदानको मूल्यांकन हुनुपर्छ । र तेस्रो-यसले भावी पुस्तालाई कस्तो प्रकारको सुरक्षित, समृद्ध र सम्मानित नेपाल हस्तान्तरण गर्छ भन्ने पक्षलाई आत्मसात् गरिनुपर्छ ।

सभापति उदासले भनिन्, ‘नेपालको परराष्ट्र नीतिलाई समयानुकूल, संस्थागत रूपमा सक्षम र परिणाममुखी बनाउनु आजको आवश्यकता हो । वर्तमान सरकारको दृष्टिकोणमा परराष्ट्र नीति कुनै दल, सरकार वा व्यक्तिको स्वार्थको विषय होइन, सम्पूर्ण नेपाली जनताको सामूहिक हितसँग जोडिएको राष्ट्रिय नीति हो । सरकार र राजनीतिक नेतृत्व परिवर्तन हुन सक्छन्, प्राथमिकताहरू फेरिन सक्छन्, तर नेपालको राष्ट्रिय हित दीर्घकालीन हुन्छ । मलाई लाग्छ, नेपालले कुनै पनि महत्त्वपूर्ण अन्तर्राष्ट्रिय निर्णय लिनुअघि कम्तीमा तीन वटा प्रश्न गर्नुपर्छ । पहिलो, यसले नेपालको सार्वभौमिकता र रणनीतिक स्वायत्तता कति बलियो बनाउँछ ? दोस्रो, यसले नेपाली नागरिकको समृद्धि, रोजगारी र अवसरमा कति योगदान पुर्‍याउँछ ? तेस्रो, यसले भावी पुस्तालाई कस्तो सुरक्षित, समृद्ध र सम्मानित नेपाल हस्तान्तरण गर्छ? यी तीन प्रश्नको उत्तर नै नेपालको राष्ट्रिय हित मापन गर्ने आधार बन्न सक्छ ।’

यी तीन प्रश्नको उत्तर नै नेपालको राष्ट्रिय हितको वास्तविक मापदण्ड बन्नुपर्ने सभापति उदासको भनाइ छ । उनले नेपालको परराष्ट्र सम्बन्धलाई थप सुदृढ बनाउन स्पष्ट मार्गचित्र र राष्ट्रिय सहमति आवश्यक रहेको समेत बताइन् ।

0 Comments