२८ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई दिन सार्वजनिक बिदा दिने निर्णय तत्काल पुनरावलोकन नहुने, सेवाग्राही र कर्मचारीलाई सहज भएको दाबी

अ+ अ-

काठमाडौँ । सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन हुने व्यवस्थाले सेवाग्राहीलाई सेवा लिन सहज हुनुका साथै कर्मचारीको मनोबल र कार्यक्षमतामा समेत सकारात्मक प्रभाव परेको सरकारले जनाएको छ।

बिहीबार राष्ट्रियसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री वालेन्द्र साहका तर्फबाट जवाफ दिँदै कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले कार्यालय सञ्चालन समय परिवर्तनबाट सार्वजनिक सेवा प्रवाहमा सहजता आएको दाबी गरेकी हुन्।

मन्त्री गौतमका अनुसार बिहानैदेखि कार्यालय खुल्ने भएपछि सेवाग्राहीले आफ्नो कामका लागि दिनको सुरुवाती समयमै सरकारी निकायमा पहुँच पाउने अवस्था बनेको छ। यसले सेवा लिन आउने नागरिकको समय व्यवस्थापनमा समेत सहयोग पुगेको सरकारको बुझाइ छ।

उनले सातामा दुई दिन सार्वजनिक बिदाको व्यवस्थासँगै कार्यालय बिहान ९ बजेदेखि सञ्चालन गर्ने प्रबन्धले कर्मचारीको कार्य–जीवन सन्तुलन कायम गर्न सहयोग पुगेको बताइन्। यसबाट कर्मचारीको मनोबल बढ्नुका साथै काम गर्ने क्षमता र कार्यसम्पादनमा सकारात्मक असर परेको उनको भनाइ छ।

सरकारले सातामा दुई दिन सार्वजनिक बिदाको व्यवस्था तत्काल पुनरावलोकन नगर्ने स्पष्ट पार्दै यसको प्रभावकारितालाई विभिन्न पक्षबाट मूल्यांकन गरिरहेको जनाएको छ। ऊर्जा तथा प्रशासनिक खर्चमा मितव्ययिता, आन्तरिक पर्यटन प्रवर्द्धन र आर्थिक गतिविधि विस्तारमा समेत यो व्यवस्थाले योगदान गरेको सरकारको दाबी छ।

यद्यपि राष्ट्रिय सभामा सांसद विष्णुबहादुर विश्वकर्माले दुई दिने सार्वजनिक बिदाले शिक्षा, व्यापार तथा सरकारी सेवामा असर परेको भन्दै पुरानै साप्ताहिक एक दिन बिदाको व्यवस्थामा फर्किनुपर्ने धारणा राखेका थिए।

सरकारले सांसदहरूबाट प्राप्त सुझाव र उठाइएका विषयलाई अध्ययनको दायरामा राख्ने जनाएको छ। तर तत्काल सातामा दुई दिन बिदाको व्यवस्था परिवर्तन गर्ने सम्बन्धमा कुनै गृहकार्य अघि नबढाइएको मन्त्री गौतमले स्पष्ट गरिन्।

0 Comments