२८ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

होटेल तथा व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर नराख्न निगमको निर्देशन

अ+ अ-

काठमाडौँ । नेपाल आयल निगमले होटेल, रेस्टुरेन्ट, पार्टी प्यालेसलगायत व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी खाना पकाउने एलपी ग्यास सिलिन्डर मौज्दात नराख्न निर्देशन दिएको छ।

बजारमा आपूर्ति बढाइए पनि सर्वसाधारण उपभोक्ताले सहज रूपमा ग्यास नपाएको गुनासो आएपछि निगमले बिहीबार अत्यन्त जरुरी सूचना जारी गर्दै अनावश्यक मौज्दात नगर्न सचेत गराएको हो।

निगमका अनुसार असार २१ गतेदेखि बजारमा १४.२ किलोग्राम तौलका ग्यास सिलिन्डर भरी बिक्री–वितरण भइरहेको छ। साबिकको तुलनामा करिब २० प्रतिशत बढी ग्यास आयात तथा बिक्री–वितरण गरिए पनि उपभोक्ताले सहज रूपमा सिलिन्डर नपाएको गुनासो आएको निगमले जनाएको छ।

प्राप्त उजुरी तथा सूचनाका आधारमा बजार अनुगमन गर्दा केही होटेल, रेस्टुरेन्ट, पार्टी प्यालेस तथा अन्य व्यावसायिक प्रतिष्ठानमा आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर राखिएको पाइएको सूचनामा उल्लेख छ।

निगमले व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी सिलिन्डर नराख्न तथा अतिरिक्त मौज्दात भए सम्बन्धित डिपोमार्फत सर्वसाधारण उपभोक्तालाई बिक्री-वितरणको व्यवस्था मिलाउन निर्देशन दिएको छ।

निर्देशन विपरीत अनावश्यक रूपमा ग्यास सिलिन्डर सञ्चय गरेको पाइए प्रचलित कानुनअनुसार कडा कारबाही गरिने निगमले चेतावनी दिएको छ।

ग्यास सिलिन्डरको अस्वाभाविक मौज्दात राखिएको जानकारी भए निगमलाई खबर गर्न पनि सर्वसाधारणसँग अनुरोध गरिएको छ।

0 Comments