२९ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘युवाले जलवायु परिवर्तनलाई गहिराइबाट बुझ्नुपर्छ’ : डा. महेश्वर ढकाल

अ+ अ-

काठमाडौँ । कृषि वन तथा पर्यावरण मन्त्रालय, जलवायु परिवर्तन महाशाखा प्रमुख डा. महेश्वर ढकालले युवाहरूले जलवायु परिवर्तनलाई गहिराइमा बुझ्दै नीति निर्माण र जलवायु कार्यमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

काठमाडौँमा शुक्रवार लोकल कन्फरेन्स अफ युथलाई सम्बोधन गर्दै डा. ढकाललले जलवायु परिवर्तनलाई अझ गहिराइमा बुझेर बदलिँदो परिस्थिति अनुसार युवाहरूले आफ्नो भूमिका पहिचान गर्नुपर्ने बताएका हुन् ।

युवाहरू नवप्रवर्तनकर्ता, परिवर्तनका संवाहक र भविष्यको आशाको केन्द्र भएकाले उनीहरूले बोल्ने, लेख्ने, प्रस्तुत गर्ने र सुन्ने शैलीले नेपालको भविष्यलाई मार्गदर्शन गर्ने बताएका छन् ।

पछिल्लो पुस्ता अघिल्लो पुस्ताभन्दा अझ अनुशासित र जिम्मेवार हुनुपर्ने उल्लेख गर्दे उहाँले युवाहरूमा अनुशासन, नम्रता र विनम्रता आवश्यक रहेको बताए ।

हरित अर्थतन्त्रमार्फत युवाका लागि रोजगारी, आम्दानी र समृद्धिको बाटो निर्माण गर्न सकिने भएकाले सरकार सँगै सबै सरोकारवालाको ध्यान त्यसतर्फ आकर्षित हुनुपर्ने आवश्यकता औँल्याए। उनले जलवायु वित्त, प्रविधि हस्तान्तरण र क्षमता विकासका लागि अन्तर्राष्ट्रियस्तरमा पैरवी गर्दै गर्दा नेपालमा उपलब्ध स्रोत र साधनको सही सदुपयोगमा पनि ध्यान दिनुपर्नेमा जोड दिए । उनले स्थानीय सरकारसँग स्रोतसाधनसँगै स्थानीय समस्या र जलवायुजन्य जोखिमबारे प्रत्यक्ष जानकारी हुने भएकाले युवाहरूलाई स्थानीय सरकारसँग सहकार्य गरेर जलवायु कार्य अघि बढाउनेतर्फ पनि ध्यान केन्द्रित गर्न सुझाव दिए । उनले युथ सम्मेलनले तयार गरेको आधारपत्र र निष्कर्षलाई सरकारले पनि आफ्नो पोजिसन पेपरमा समावेश गर्ने विश्वास दिलाए ।

उनले भने ‘तपाईँको लागि १ दशमलव ५ डिग्री भनेको के हो ? सिबिडिआर आरसी भनेको के हो ? र तपाईँले खेल्नुपर्ने भूमिकाहरू के हुन् भन्ने कुरामा पनि छलफल गर्नुपर्छ । तपाईँ युवाहरू भनेको इनोभेटर हो, चेन्ज एजेन्ट हो र फ्युचर अफ लाइफ अथवा होप अफ फ्युचर हो । तपाईँहरूले बोल्ने, लेख्ने, प्रस्तुत गर्ने र सुन्ने कुराले भोलिको नेपालको भविष्य मार्गदर्शन गर्छ, । हामी सँग भएका स्रोत र साधनको सही सदुपयोग गरेर हरित अर्थतन्त्रको बाटोबाट तपाईँको जीवनका लागि आवश्यक पर्ने रोजगारी, आम्दानी र भोलिको समृद्धिका लागि नेपालमा भएका स्रोत र साधनहरू के–के छन् ? ती स्रोत र साधनलाई तपाईँको जीवनको अंक कसरी बनाउन सकिन्छ भन्ने विषयमा पनि सोच्नुपर्छ । युवाहरूको भ्वाइसलाई क्लाइमेट एक्सन र क्लाइमेट जस्टिससँग जोडेर कोपमा प्रस्तुत गर्न सम्मेलनमार्फत तपाईँहरूले प्रस्तुत गर्ने आधार पत्रलाई हामी नेपालको कन्ट्री पोजिसन पेपरमा समेत संलग्न गर्नेछौँ ।’

सम्मेलनमा मुलुकभरबाट १ सय ८० युवा सहभागी छन् । सम्मेलन ३ दिन सम्म चल्ने छ । सम्मेलनमा जलवायु कार्यका विभिन्न ९ वटा सत्रमा विषय विज्ञले प्रस्तुति दिने कार्यतालिका छन् ।

0 Comments