२९ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधान न्यायाधीश शर्माले आफूखुसी संवैधानिक इजलास गठन गर्ने गरेको भन्दै बार अध्यक्ष मिश्रको आपत्ति

अ+ अ-

काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन प्रक्रियाप्रति आपत्ति जनाएका छन् । 

शुक्रवार बारमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आपत्ति जनाएका हुन् । अध्यक्ष मिश्रले संवैधानिक इजलास वरिष्ठताका आधारमा वा गोलाप्रथाबाट गठन हुनुपर्नेमा प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले आफूखुसी संवैधानिक इजलास गठन गर्ने गरेको आरोप लगाए । 

उनले वरिष्ठता मिचेर प्रधानन्यायाधीश नियुक्त गर्ने र प्रधानन्यायाधीशले आफूखुसी संवैधानिक इजलास गठन गरी निश्चित मुद्दा उक्त इजलासमा पठाउने कुरामा बार चुप लागेर नबस्ने चेतावनी समेत दिए । उनले यस विषयमा प्रधान न्यायाधीश शर्माको ध्यानाकर्षण गराइसकेको समेत जानकारी दिए । 

उनले स्वतन्त्र, स्वच्छ र सरकारका कामलाई नियन्त्रण गर्ने तथा कानूनबमोजिम न्याय सम्पादन गर्न सक्ने सक्षम न्यायपालिका नै बारको चाहना रहेको बताए । उनले न्यायपालिकामाथि कार्यपालिकाको हस्तक्षेप बढ्दै गएको टिप्पणी समेत गरे ।

उनले भने, ‘अहिले न्यायपालिकामा एकपछि अर्को विवाद थपिँदै गएको छ । संवैधानिक इजलास कि त वरिष्ठता कि त गोलाबाट तय हुनुपर्छ भन्ने हाम्रो आधिकारिक मान्यता हो । अब प्रधानन्यायाधीशले निश्चत मुद्दाहरू पनि टिप्पणी उठाएर संवैधानिक इजलासमा पुर्‍याउने काम प्रारम्भ गर्नुभएको कुरा पनि समाचारमा आएको छ । वरिष्ठता मिचेर प्रधानन्यायाधीश नियुक्त गर्ने, अनि प्रधान न्यायाधीशले आफूखुसी संवैधानिक इजलास गठन गर्ने र संवैधानिक इजलासमा समेत निश्चित मुद्दाहरूमा राख्ने भएपछि अब बार चुप लागेर बस्दैन भन्ने तपाईँहरूले बुझिसक्नुभयो होला । हामीले यो विषयमा प्रधानन्यायाधीशको ध्यानाकर्षण समेत मगाएका छौँ । अब यसलाई लिपिबद्ध गर्ने हो कि भनेर बारमा छलफल समेत चलिरहेको छ । न्यायपालिकामा व्यक्तिहरू आउँछन्, जान्छन् । हामी बारका वकिलहरू पनि आउँछौँ, जान्छौँ । हिजो यहाँ बसेर भाषण गर्नेहरू समेत अहिले यहाँ जीवित हुनुहुन्न । नहुनेको सूची लामै छ । तर मुख्य कुरा भनेको स्वतन्त्र र स्वच्छ न्यायपालिका र सरकारभन्दा पृथक् न्यायपालिका र सरकारका कामको नियन्त्रण र कानून बमोजिम गर्न सक्ने न्यायपालिका हाम्रो चाहाना हो ।’

उनले न्यायपालिकामा एकपछि अर्को विवाद थपिँदै गएको भन्दै चिन्ता समेत व्यक्त गरे ।

0 Comments