२९ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘एसपीपीमा नेपाल सामरिक रूपमा जोडिन मिल्दैन’ : पूर्व मुख्यसचिव बैरागी

अ+ अ-

काठमाडौँ । परराष्ट्र मामिलाका विज्ञ तथा पूर्व मुख्यसचिव शंकरदास बैरागीले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाल सामरिक रूपमा जोडिन नमिल्ने बताएका छन् ।

शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले रणनीतिक र सामूहिक कुरामा जोडिन नमिल्ने भएकै कारण तत्कालीन सरकारले एसपीपीलाई अघि नबढाउने निर्णय गरेको बताए । 

नेपालको परराष्ट्र नीति र संविधानले तोकेको सीमाभन्दा बाहिर गएर कुनै पनि निर्णय गर्न नसकिने उल्लेख गर्दै उनले एसपीपीमा सहभागी हुँदा नेपाल सामरिक पक्षबाट जोडिएको देखिने वा नदेखिने विषयको विश्लेषण हुन आवश्यक रहेको समेत बताए । 

नेपालले पञ्चशीलको सिद्धान्त र असंलग्न परराष्ट्र नीति अँगालेको भन्दै उनले कुनै पनि महाशक्ति राष्ट्रका सामरिक वा सैन्य सञ्जालमा जोडिनु त्यसको सिद्धान्त विपरीत हुने बताए । 

उनले भने,  ‘अब हामीले उबेलामा एसपीपीको बारेका चर्कै कुरा उठेको हो । यो प्रक्रिया अगाडि नबढाउने भन्ने आधिकारिक निर्णय नै भएको छ । यसमा हाम्रो कन्सर्न कहाँनिर हो त भन्दा रणनीतिक सामूहिक कुरामा हामी जोडिनु हुन्न भन्ने नै हो । त्यसकारण सरकार त्यो बेलामा यसबाट पछि हटेको हो । यो विषयमा विस्तृत रूपमा छलफल समेत भएको थिएन । यसले तरंग जै सिर्जना गरेर त्यो पटक बन्द गरिएको हो । यस विषयमा हामीले हाम्रो परराष्ट्र नीतिको डेडलाइन र संविधानले तोकेको सीमाभन्दा बाहिर जान नमिल्ने भएको हुनाले हामी एसपीपीमा जोइन हुँदा हामी सामरिक पाटोबाट जोइन भएको देखिन्छ कि देखिँदैन ? भन्ने कुराको विश्लेषण नगरीकन यसमा जोइन हुन सक्ने स्थिति छैन ।’

नेपाल सरकारले २०७९ असारमा एसपीपी अगाडि नबढाउने र सहभागी नहुने औपचारिक निर्णय गर्दै कार्यान्वयनका लागि अमेरिकालाई पत्र पठाउने निर्णय गरेको थियो । 

0 Comments