३० श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सञ्चारमन्त्री डा. तिमिल्सिनाबाट पहिरोसहित जोखिम बस्तीको अवलोकन

अ+ अ-

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आज नुवाकोटको विभिन्न स्थानमा रहेका पहिरो र त्यसका कारण जोखिममा परेका बस्तीको अवलोकन गरेका छन् ।

अवलोकनपश्चात् पहिरोका कारण जोखिममा परेका बस्तीको तत्कालै आवश्यक संरक्षण एवं स्थानान्तरण, अवरुद्ध बनेका सडक, खानेपानी, विद्युत् सेवा सञ्चालन हुने प्रबन्ध मिलाउन मातहतका निकायलाई सञ्चारमन्त्री डा तिमिल्सिनाले निर्देशन दिए ।

उनले सूर्यगढी गाउँपालिका–१ स्थित सेमराङभिरमा गएको पहिरो र त्यसबाट जोखिममा परेका बस्तीको जानकारी लिएपश्चात् वडा नं २ स्थित फटपुर र पहरेथोकमा गएको पहिरोको अवलोकनसहित यसका कारण जोखिममा परेका बस्ती, अवरुद्ध भएको सडक आवागमन, विद्युत् सेवा, ड्वाचे खानेपानी योजनाको पाइपलाइनमा पुगेको क्षतिको अवलोकन–निरीक्षण गरे ।

यसैगरी, वडा नं २ स्थित रातमाटे र राम्चेमा सडक माथिबाट खसेको पहिरो तथा देव थानमा सडक तलबाट बगेको पहिरो र त्यसका कारण सडकसहित खानेपानी पाइपमा पुगेको क्षतिको पनि स्थलगत निरीक्षण गरिएको छ ।

पहिरोका कारण पुगेको क्षतिको स्थलगत अवलोकन, जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय प्रभावित बासिन्दासँगको अन्तरक्रियामा सञ्चारमन्त्री डा. तिमिल्सिनाले प्राविधिक अध्ययनका आधारमा आवश्यक कदम तत्कालै अघि बढाइने प्रतिबद्धता जनाए ।

“वडा र पालिकाको कार्यालयसहित विपद्सम्बन्धी अध्ययन र अवस्था बुझ्ने निकायबाट प्राप्त हुने सुझावका आधारमा गर्नुपर्ने निर्णय तत्कालै कार्यान्वयन गराउन सङ्घीय सरकार तयारी अवस्थामा छ”, उनले भने, “बस्तीलाई सुरक्षित बनाउन र त्यो सम्भव नभए जोखिममा परेका परिवारलाई तत्कालै स्थानान्तरण गर्नेछौँ ।”

सूर्यगढी गाउँपालिकाको वडा नं १ र २ मा बगेको पहिरोका तीन पालिकामा वितरण हुँदै आएको ड्वाचे खानेपानी र विद्युत् प्रसारण लाइनमा पुगेको क्षति सञ्चालनमा चुनौती रहेको छ । सडकको आवागमनमा पुगेको अवरोध हटाई आवश्यकताअनुसार वैकल्पिक व्यवस्थाको प्रबन्ध मिलाउन मातहतका निकायलाई मन्त्री डा. तिमिल्सिनाले निर्देशन दिए ।

पहिरो र जोखिम बस्तीको अवलोकनका लागि जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण, सडक डिभिजन नुवाकोट, पूर्वाधार विकास कार्यालयलगायत निकायका प्राविधिकसमेत संलग्न रहेका थिए ।

सञ्चारमन्त्री डा. तिमिल्सिनाले नुवाकोटको सूर्यगढीसहित यहाँको दुप्चेश्वर, तादी, पञ्चकन्या, शिवपुरीलगायतका पालिकामा गएका पहिरो र त्यसले पुर्‍याएको क्षति, पहिरोले जोखिम बनाएका बस्तीसहित विकासका पूर्वाधारमा पुगेका क्षतिको स्थलगत निरीक्षण, अवलोकनपश्चात् आवश्यक कार्य तत्कालै अघि बढाउन संघीय सरकारको नेतृत्वमा सरोकारवाला सबै निकायलाई साथ लिएर अघि बढ्ने बताएका छन् । 

0 Comments