३० श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘काँग्रेसलाई जीवन्त राख्न गुटबन्दी र नातावाद अन्त्य हुनुपर्छ’: नेता चौधरी

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता उमाकान्त चौधरीले पार्टीभित्रको आन्तरिक लोकतन्त्र, न्याय र त्यागको भावनालाई व्यवहारमा उतार्न व्यापक रूपान्तरण र सुदृढीकरण अभियान आवश्यक रहेको बताएका छन् । 

शनिवार काठमाडौँमा पार्टीको संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले काँग्रेसलाई जीवन्त राख्न गुटबन्दी र नातावादभन्दा माथि उठेर विधि, पद्धति र योग्यताका आधारमा पार्टी सञ्चालन गर्नुपर्नेमा जोड दिए । नेता चौधरीले पार्टीको गौरवमय इतिहास र वर्तमान सांगठनिक यथार्थबीच ठुलो खाडल देखिएको भन्दै चिन्ता व्यक्त गरे । केन्द्रदेखि वडा तहसम्म पार्टी संगठन गुटबन्दी, भागबण्डा र आन्तरिक द्वन्द्वमा फसेको उल्लेख गरे ।

नेता चौधरीले गत वर्षको भदौ २३ र २४ गते राजधानीमा भएका घटनाहरूको आलोचना गर्नुभयो । सुशासन र भ्रष्टाचारविरुद्ध नयाँ पुस्ताले गरेको शान्तिपूर्ण प्रदर्शनलाई केही तत्त्वहरूले भड्काएर हिंसात्मक बनाएको उनको दाबी छ । सो क्रममा भदौ २४ गते पार्टी तत्कालीन सभापति शेरबहादुर देउवा र डा. आरजु राणा देउवामाथि भएको भौतिक आक्रमण तथा पार्टीका ४८ वटा कार्यालयहरूमा गरिएको तोडफोड र आगजनीलाई उनले ‘देशघाती र सुनियोजित षड्यन्त्र’ को संज्ञा दिए ।

उनले भने, ‘पार्टीभित्रका जायज असन्तुष्टि र फरक धारणाहरू नै नेपाली काँग्रेसलाई जीवन्त राख्ने ऊर्जा हुन् । त्यसैले गुटबन्दी र नातावादभन्दा माथि उठेर विधि, पद्धति, योग्यता र क्षमताका आधारमा पार्टी सञ्चालन गर्नुपर्छ । नेताहरूको आदर्शलाई स्मरण गरेर मात्र पुग्दैन: उहाँहरूले सिकाउनुभएको आन्तरिक लोकतन्त्र, न्याय र त्यागको भावनालाई व्यवहारमा उतार्दै पार्टीभित्र व्यापक रूपान्तरण र सुदृढीकरण अभियान आजैदेखि शुरु गर्नु आवश्यक छ । पार्टीको वृहत्तर एकतालाई व्यवहारमा संस्थागत गर्दै एक ढिक्का भएर अघि बढ्नु नै यस भेलाको मुख्य उद्देश्य हो । राष्ट्रियता, लोकतन्त्र, समाजवाद र संविधानको रक्षा गर्दै संकटमा रहेको नेपाली काँग्रेसलाई एक ढिक्का बनाउनु आजको प्रमुख आवश्यकता हो । कुनै पनि राजनीतिक दलको जीवन्तता उसको आदर्श, सिद्धान्त र विचारलाई जनतासम्म पुर्‍याउने गतिशील संगठनमा निर्भर हुन्छ । काँग्रेसले स्थापना कालदेखि नै विचार र संगठनको बलमा मुलुकका राजनीतिक आन्दोलनको नेतृत्व गर्दै आएको छ । तर अहिले पार्टीको गौरवमय विरासत र वर्तमान सांगठनिक अवस्थाबीच ठूलो खाडल देखिएको छ । केन्द्रदेखि वडा तहसम्म गुटबन्दी, भागबन्डा, तदर्थवाद र आन्तरिक द्वन्द्व देखिनु चिन्ताको विषय हो ।’

उनले वीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई जस्ता ऐतिहासिक नेताहरूको निवास तथा सालिकहरूमाथि गरिएको तोडफोडलाई लोकतन्त्रमाथिको प्रहार र काँग्रेसको इतिहास मेटाउने दुष्प्रयास भएको बताए । 

0 Comments