१ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिगमनका विरुद्ध आन्दोलनमा जुट्न एमाले अध्यक्ष ओलीको निर्देशन

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई प्रतिगमनका विरुद्धको आन्दोलनको तयारी गर्न निर्देशन दिएका छन् । 

झापामा आयोजित ‘नेकपा एमाले मिसन पार्टी जागरण’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो निर्देशन दिएका हुन् । 

 उनले आगामी स्थानीय तहको निर्वाचनको तयारीमा केन्द्रित हुन पनि कार्यकर्तालाई आग्रह गरे । अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनमा हरेक वडा र क्षेत्रमा जित हासिल गर्ने उद्देश्यका साथ तयारी थाल्न आग्रह गरे । उनले कार्यकर्ताहरूलाई अनावश्यक हल्लाको पछाडि नलाग्न र पार्टीको लक्ष्यमा अडिग रहन समेत आग्रह गरे । 

पार्टीभित्रको आन्तरिक एकतामा जोड दिँदै अध्यक्ष ओलीले गुटबन्दीले पटक–पटक पार्टीलाई क्षति पुर्‍याएको उल्लेख गरे। उनले पार्टीको हितविपरित बोल्ने र अनुशासनहीन गतिविधि गर्नेहरूलाई सम्झाउन र बुझाउन समेत निर्देशन दिए। संगठन सुदृढीकरणका क्रममा आवश्यकताअनुसार कमिटी र जनसंगठनहरूको पुनर्गठन र पुनर्जागरण गरिने उनको भनाइ छ । तर पुनर्गठनको आवरणमा नेतृत्व विरुद्ध षड्यन्त्र गर्ने प्रवृत्तिप्रति उनले चेतावनी दिए। 

उनले भने, ‘प्रतिगमनविरुद्धको आन्दोलन र स्थानीय तहको निर्वाचनको तयारीमा पार्टी सम्पूर्ण रूपमा केन्द्रित हुनुपर्छ । वडा–वडादेखि संगठन सुदृढ गर्दै हरेक ठाउँमा जित्ने लक्ष्यका साथ तयारी गरौँ । अनावश्यक हल्ला र विवादमा नलागौँ । पार्टीलाई गुटबन्दी होइन, एकता चाहिएको छ । गुटबन्दी र अनुशासनहीन गतिविधि पार्टीका लागि स्वीकार्य हुँदैनन् । 

आवश्यकताअनुसार कमिटी र जनसंगठनको नियमित जागरण, पुनर्जागरण र पुनर्गठन गरौँ, तर त्यसलाई पार्टीभित्रको गुटबन्दी वा नेतृत्वविरुद्धको अभियानको माध्यम नबनाऔँ । हामी आफैँ जागौँ, अरूलाई पनि जगाऔँ । पार्टीलाई एकतावद्ध, अनुशासित र गतिशील बनाउँदै प्रतिगमनविरुद्धको आन्दोलन तथा निर्वाचनको तयारीमा अघि बढौँ ।’

अध्यक्ष ओलीले ‘आफैँ जागौं र अरूलाई पनि जगाऔं’ भन्ने मूल मन्त्रका साथ वास्तविक जागरण अभियानमा लाग्न कार्यकर्ताहरूलाई आह्वान गरे। उनले पार्टीलाई एकतावद्ध बनाउँदै प्रतिगमनका विरुद्धको आन्दोलन र निर्वाचनको तयारीलाई नै मुख्य प्राथमिकता दिनुपर्नेमा जोड दिए।

0 Comments