१ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परराष्ट्रको ‘नेपाली नागरिकको उद्धार तथा शव फिर्ती कार्यविधि’ अर्थमा

अ+ अ-

काठमाडौँ । परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपाली नागरिकको उद्धार तथा शव फिर्तीसम्बन्धी कार्यविधि गत साता रायका लागि अर्थ मन्त्रालयमा पठाएको छ । 

परराष्ट्र मन्त्रालयले विदेशमा समस्यामा परेका नेपाली नागरिकको उद्धार तथा घर फिर्ती र शव फिर्तीका लागि विनियोजित रकम खर्च गर्ने सम्बन्धमा पहिलो पटक ‘विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार तथा घर फिर्ती र शव फिर्तीका लागि विनियोजित रकम खर्च गर्ने कार्यविधि-२०८३’ तयार गरेको हो । 

परराष्ट्र मन्त्रालयका अनुसार उक्त कार्यविधिमाथि राय सुझावका लागि गत साता अर्थ मन्त्रालयमा पठाइसकिएको छ । तर, प्रतिनिधि सभाको सोमबारको बैठकमा विदेशमा समस्यामा परेका नेपालीको उद्धार तथा शव फिर्तीका लागि आवश्यक कार्यविधि हालसम्म परराष्ट्र मन्त्रालयले बनाउन नसकेको विषय उठेको थियो । 

अर्थ मन्त्रालयको राय प्राप्त भएपछि कार्यविधिलाई आवश्यक प्रक्रियासहित अघि बढाइने परराष्ट्र मन्त्रालयले जनाएको छ । कार्यविधिमा श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा गएका वा भिजिट भिसामा गई रोजगारीमा संलग्न भएका नेपाली नागरिक सडक दुर्घटनामा परी अंगभंग वा अशक्त भएका, कोमामा उपचाररत रहेका तथा विद्यार्थी भिसामा गई विभिन्न समस्यामा परेका नागरिकलाई नेपाल ल्याउने विषय समेटिएको छ ।

त्यसैगरी, विभिन्न देशमा जाने क्रममा ट्रान्जिटमा समस्या परी अलपत्र परेका तथा अन्य कारणले विदेशमा समस्यामा परेका नेपाली नागरिकको आकस्मिक उद्धार गरी नेपाल पठाउने र अलपत्र परेका शव नेपाल ल्याउने विषयलाई पनि कार्यविधिले समेटेको छ ।

कार्यविधि स्वीकृत भएपछि आकस्मिक उद्धार तथा शव फिर्तीका लागि विनियोजित बजेटबाट आवश्यक काम अघि बढाउन सहज हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

0 Comments