३ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मल वितरणमा लालपुर्जा माग्नुलाई नकारात्मक रूपमा लिनु हुँदैन’ : कृषि मन्त्री चौधरी

अ+ अ-

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानलाई मल वितरण गर्दा लालपुर्जा माग्नुलाई नकारात्मक रूपमा लिन नहुने बताएकी छन् ।

बुधवार सिंहदरबारमा पार्टीको संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दे उनले यस्तो बताएकी हुन् । उनले जग्गाको क्षेत्रफलको आधारमा आवश्यक मल वितरण गर्न लालपुर्जा मागिएको बताइन् । किसानको जग्गाको क्षेत्रफलका आधारमा प्राविधिकको सिफारिस अनुसार मलको मात्रा निर्धारण गर्न लालपुर्जा वा जग्गाको विवरण मागिएको उनको भनाई छ । उनकाअनुसार मल आपूर्ति तथा वितरणमा संघ, प्रदेश र स्थानीय तीन तहका सरकारबीच समन्वय भइरहेको छ । केन्द्र सरकारले मल आपूर्ति गर्ने तथा प्रदेश र स्थानीय तहले वितरणमा सहजीकरण गर्ने व्यवस्था रहेको उनले बताइन्।

कृषिको कार्यान्वयन स्थानीय तहले गर्ने र मलको वितरण पनि स्थानीय तहले नै गरिरहेको उनको भनाई छ । मन्त्री चौधरीले यस पटक मध्ये पूर्वको द्वन्द्वका कारण मल आपूर्तिमा केही ढिलाइ भएको स्वीकार गरिन् । यद्यपि, सरकारले भारतसँग जीटुजी सम्झौतामार्फत तथा अन्य स्रोतबाट समेत मल ल्याउने प्रक्रिया अघि बढाइरहेको उनको भनाइ छ ।

उनले भनिन्, ‘लालपुर्जा किन चाहिन्छ भन्ने कुरा बुझ्नुपर्‍यो । हामीले मल जति पनि हाल्न पाइन्छ त ? टेक्निकली थपाइहरू सोच्नुस्, मल जति पनि हाल्न पर्दैन । टेक्निसियनले दिएको सुझाव अनुसार अनुसार हाल्ने हो, त्यही भएर हामीले उहाँहरूको जग्गाका विवरण कति हो, उहाँहरूलाई चाहिँ कति जग्गा छ र त्यो अनुसारको हामीले टेक्निसियनले सजेस्ट गरे अनुसारको मल वितरण गर्छौँ । लालपुर्जा देखायो भन्दैमा त्यसलाई नेगेटिभ न्यारेटिभ नबनाउनुस् । हामीले कति जग्गामा कति मल हाल्ने हो त्यो अनुसारको टेक्निकल लिड्समा काम गर्ने हो । हामी संघ, प्रदेश र स्थानीय तहको सरकारमा छौँ । केन्द्र सरकारले आपूर्ति गर्ने र प्रदेश सरकार र स्थानीय तहले वितरण प्रणालीमा सहजीकरण गर्ने गर्छ । कृषिको कार्यान्वयन स्थानीय तहले गर्छ । मलको वितरण पनि स्थानीय तहले नै गरिरहेको छ । हामीले मिलाएर काम गर्दैछौँ ।’

उनले साउन १ देखि २७ गतेसम्म करिब ६२ हजार मेट्रिक टन मल किसानकोमा पठाएको जानकारी दिइन् । ६४ हजार मेट्रिक टन मल भारतबाट आउने क्रममा रहेको उनको भनाई छ । चालु आर्थिक वर्षका लागि करिब २ लाख ८०० मेट्रिक टन मल भित्रिने क्रममा रहेको पनि ८८ उनले बताइन् । अन्तर्राष्ट्रिय बजारबाट मल ल्याउनुपर्ने भएकाले प्राविधिक तथा ढुवानीसम्बन्धी कारणले कहिलेकाहीँ आपूर्तिमा ढिलाइ हुने मन्त्री चौधरीले बताइन् । वर्षायाममा मल भिज्न सक्ने जोखिम रहेकाले ढुवानीमा थप सावधानी अपनाउनुपर्ने उनको भनाइ छ । मल वितरण प्रणालीलाई थप व्यवस्थित बनाउन सरकारले अनलाइन प्रक्रियासमेत अघि बढाइरहेको उनले जानकारी दिइन्। किसानले मल वितरणसम्बन्धी विवरण अनलाइन प्रणालीबाट समेत हेर्न सक्ने व्यवस्था मिलाइरहेको मन्त्री चौधरीले बताइन् ।

0 Comments