काठमाडौँ । जिल्ला दाङ घोराही उपमहानगरपालिका-७ बेसाहीमा ट्याक्टर र अटो एक आपसमा ठोक्किँदा अटो चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
बुधवार बेलुकी ८ बजे सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा १ त ३७०९ नम्बरको लोड ट्याक्टर र घोराहीबाट बसन्तपुरतर्फ जाँदै गरेको लु.प्र. ०२-००१ ह १९२९ नम्बरको अटो एक आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा अटोमा सवार तीन जना घाइतेमध्ये अटो चालक जिल्ला दाङ घोराही उपमहानगरपालिका-५ बसन्तपुर बस्ने ४५ वर्षीय विनोद पौडेलको उपचारका क्रममा ४ गते बिहान २:४५ बजे मेडिकल कलेज, कोहलपुर बाँकेमा मृत्यु भएको हो ।
अन्य दुई जना घाइतेको अवस्था मध्यम रहेको छ । ट्याक्टर र ट्याक्टर चालक घोराही उपमहानगरपालिका-१७ भैसाही बस्ने २३ वर्षीय हिमाल चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।






