४ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहायक प्रजिअ छोराबाट आमाले बुझिन् नागरिकताको प्रतिलिपि

पानीले च्यातिएको नागरिकता बदल्न जिल्ला प्रशासन पुगेकी मोतिकला ओलीले ‘प्रतिलिपि दिने अधिकारी’का रूपमा आफ्नै छोरा केशवप्रसाद ओलीको हस्ताक्षर पाइन्।

अ+ अ-

काठमाडौँ । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-७ की मोतिकला ओलीले आफ्नै छोरा सहायक प्रमुख जिल्ला अधिकारी केशवप्रसाद ओलीको हस्ताक्षरमा नागरिकताको प्रतिलिपि प्राप्त गरेकी छन्।

पानीमा परेर च्यातिएपछि पुरानो नागरिकता प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको थियो। एउटा सरकारी कामका लागि सक्कली नागरिकता आवश्यक परेपछि मोतिकला आवश्यक कागजातसहित बुधबार बिहान जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम पुगेकी थिइन्। संयोगवश, उनको नागरिकताको प्रतिलिपि जारी गर्ने अधिकारीका रूपमा छोरा केशव नै थिए।

‘पानीमा परेपछि आमाको नागरिकता प्रयोग गर्न नसकिने अवस्थामा पुगेको थियो। तर प्रतिलिपि निकाल्नेबारे खास हाम्रो सल्लाह भएको थिएन। अस्ति (मंगलबार) दिउँसो आमाले ‘नागरिकता नबनाई भएन’ भनेपछि मैले नै वडा कार्यालयदेखि अरू कागजात मिलाउने कुरामा सहजीकरण गरे,’ उनी भन्छन्, ‘अनि यसो सम्झिएँ, आमाको नागरिकताको प्रतिलिपिमा त मैले नै पो हस्ताक्षर गर्न पाउने भएँ। यो कुराले चाहिँ मलाई साह्रै रमाइलो लाग्यो।’

सबै प्रक्रिया पूरा गरी तयार भएको नागरिकताको प्रतिलिपि बोकेर आमा हस्ताक्षरका लागि आफ्नो कार्यकक्षमा आइपुग्दा छुट्टै खुसी महसुस भएको केशवले बताएका छन्। उनले एक सेवाग्राहीका रूपमा आएकी आमाको नागरिकतामा ‘प्रतिलिपि दिने अधिकारी’ लेखिएको स्थानमा रातो कलमले हस्ताक्षर गरी प्रतिलिपि हस्तान्तरण गरेका थिए।

आफू सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेकै बेला आमाको नागरिकताको प्रतिलिपि जारी गर्ने अवसरलाई केशवले अविस्मरणीय संयोगका रूपमा लिएका छन्। उनले उक्त क्षणलाई तस्बिरमा कैद गर्नुका साथै सामाजिक सञ्जालमार्फत खुसीसमेत साटेका छन्।

वि.सं. २०७५ मा निजामती सेवामा प्रवेश गरेका केशव २०८० सालमा शाखा अधिकृत भएका हुन्। उनी एक वर्षदेखि जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत छन्।

0 Comments