६ भाद्र २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाग्मती सफाइ अभियान ६९३औँ हप्ता: नदी किनारमा वृक्षारोपण

अ+ अ-

काठमाडौँ । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको बाग्मती सफाइ महाअभियानको ६९३औँ हप्ताको सफाइका क्रममा आज विभिन्न जातका ५० वटा बिरुवा रोपिएको छ ।

वर्षाको कारण नदीभित्र जमेको फोहर निकाल्न नसकिने अवस्था भएपछि नदी किनारमा विभिन्न जातका ५० वटा बिरुवा रोपण गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । नदी क्षेत्रको स्वच्छतालाई दीर्घकालीन रूपमा सहयोग पुग्ने गरी पाँच फिटभन्दा अग्ला बिरुवा रोपिएको हो ।

आज तिलगंगा आँखा अस्पताल अगाडि वाग्मती नदी किनारमा रोटरी क्लब अफ काठमाडौँ हेरिटेजको नेतृत्वमा वृक्षारोपण गरिएको हो । वृक्षारोपणसँगै यस क्षेत्रमा सफाइ पनि गरिएको पनि उनले बताए । विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान प्रत्येक शनिबार नियमित रूपमा सञ्चालन हुँदै आएको छ ।महाअभियानबाट प्रभावित भएर वाग्मतीका अन्य सहायक नदीहरूमा पनि सफाइ सुरु भएको छ । चक्रपथका विभिन्न खण्डका, राजधानीका सम्पदा क्षेत्रका साथै उपत्यका बाहिरका मुख्य मुख्य नदी, सहर र सम्पदा क्षेत्रमा पनि सफाइ अभियान सुरु भएको छ । राजधानी र राजधानी बाहिर गरेर हाल १०८ भन्दा बढी स्थानमा सफाइ अभियान सुरु भएको सफाइ महाअभियानले जनाएको छ ।

0 Comments