७ भाद्र २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘म पनि छोरी, खै त सुरक्षा ?’ (तस्बिरहरू)

अ+ अ-

काठमाडौँ । ‘न्याय नपाएसम्म आवाज रोकिँदैन’, ‘म पनि छोरी, खै त सुरक्षा ?’, ‘प्रोटेक्ट चिल्ड्रेन नट क्रिमिनल्स’ यी र यस्तै मुटु नै छियाछिया पार्ने नारा लेखिएका प्लेकार्ड बोकेर आइतबार राजधानीको रत्नपार्कस्थित शान्तिबाटिकामा सयौँ महिला, आमाहरू र युवा अधिकारकर्मीहरू सडकमा उत्रिएका छन् । 

बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ निवासी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि गरिएको नृशंस हत्याको विरोधमा शान्तिबाटिका स्तब्ध तर आक्रोशित बन्यो । गत साउन ३१ गते आफ्नै आँगन र घरबाटै बेपत्ता भएकी ३ वर्षीया गरिमा चौधरीको खोजतलास गर्ने क्रममा भदौ २ गते छिमेककै एक घरभित्र कारुणिक र अमानवीय अवस्थामा मृत फेला परेकी थिइन् । ३ वर्षकी अबोध नानी, जसले संसारलाई राम्रोसँग चिन्नै पाएकी थिइनन्, जो आमाको काखमा लुटपुटिँदै आफ्ना तोते बोली बोल्ने उमेरमा थिइन्, उनीमाथि भएको यस्तो पाशविक र दानवीय अत्याचारले सम्पूर्ण देशको आत्मालाई नै हल्लाइदिएको छ । 

आफ्नै घर-आँगनमा सुरक्षित हुन नसकेका छोरीहरूका लागि अब राज्य कहाँ छ ? यो प्रश्न आज शान्ति बाटिकाको सडकमा धर्नामा बसेका प्रत्येक महिलाको आँखामा आँसु र ओठमा आक्रोश बनेर पोखिएको थियो । ‘३ वर्षकी निर्दोष गरिमाको के दोष थियो ? के उनले लगाएका कपडामा खोट थियो ? खोट यो पाशविक बलात्कारी सोच र राज्यको कमजोर कानूनमा छ । जबसम्म एउटी ३ वर्षीया बालिका आफ्नै घरभित्र सुरक्षित हुँदिनन्, तबसम्म यो देशका कुनै पनि छोरी सुरक्षित छैनन् ।हातमा प्लेकार्ड, आँखाभरि आँसु र घाँटी सुक्ने गरी लगाइएका नाराहरूले शान्ति बाटिकाको माहोल अत्यन्तै शोकमग्न र संवेदनशील बनेको थियो । प्रदर्शनमा सहभागी महिलाहरूले प्रहरी घेराकै अगाडि सडकमा बसेर राज्य संयन्त्र र न्याय प्रणालीविरुद्ध प्रश्न बर्साए । प्रदर्शनमा सहभागी आमाहरूले भावुक हुँदै भने, ‘हामी हाम्रा छोरीहरूलाई कुन मुखले घरबाहिर पठाउने ? जब राज्यले अपराधीलाई संरक्षण दिने र पीडितलाई नै प्रश्न गर्ने मानसिकता अन्त्य गर्दैन, तबसम्म हामी चुप लागेर बस्दैनौँ ।’

यी प्लेकार्डहरूले स्पष्ट सन्देश दिएका छन् कि बलात्कार कुनै कपडा, समय वा परिस्थितिको उपज होइन, यो विशुद्ध पाशविक अपराध र बलात्कारी मानसिकताको पराकाष्ठा हो । 

प्रदर्शन स्थलमा नेपाल प्रहरीको बाक्लो उपस्थिति थियो । लाठी र सुरक्षा कवचसहित उभिएका सुरक्षाकर्मीको पङ्क्ति अगाडि महिलाहरूले भुईँमा बसेर शान्तिपूर्ण तर दृढ अडानका साथ धर्ना दिएका हुन् । 

प्रदर्शनकारीहरूले स्पष्ट पारेका छन् कि यो कुनै एक दिनको औपचारिकता मात्र होइन, गरिमा चौधरीले न्याय नपाएसम्म र बलात्कारीलाई हदैसम्मको कानूनी कारबाही नभएसम्म यो आवाज दबिने छैन । 

तस्बिरहरू :

0 Comments