७ भाद्र २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘आज संस्थाहरू डराएका छन्, हाम्रा क्रियाकलापबाट मुलुकको लोकतन्त्र कमजोर नबनोस्’: रवि लामिछाने

अ+ अ-

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र सरकारका गतिविधिले मुलुकको लोकतन्त्र कमजोर नहोस् भन्ने कुरामा आफूहरू सचेत हुनुपर्ने बताएका छन् । 

आइतबार राजधानी काठमाडौँमा आयोजित पार्टीको ‘नीति, संगठन र नेतृत्व’ कार्यशालालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आफ्नो क्रियाकलापका कारण मुलुकको लोकतन्त्र कमजोर हुन नदिन अत्यन्त जिम्मेवार बन्न आम नेता कार्यकर्तालाई आग्रह समेत गरे । 

उनले आज विभिन्न संस्थाहरू डराएको उल्लेख गर्दै संस्थाहरू भत्किँदै गए लोकतन्त्र समेत संकटमा पर्ने बताए । सभापति लामिछानेले लोकतन्त्र एकै पटक ध्वस्त हुने सानो घर नभएको समेत टिप्पणी गरे । शहीदहरूको बलिदान र राजनीतिक दलहरूको संघर्षबाट प्राप्त लोकतन्त्र निकै बलियो रहेको समेत बताए ।

उनले भने, ‘जानेर वा नजानेर हामीले गरेका क्रियाकलापबाट मुलुकको लोकतन्त्र कमजोर नबनोस् । यो हाम्रो पहिलो जिम्मेवारी हो । आज विभिन्न संस्थाहरू डराएका छन् । संस्थाहरू भत्किए भने लोकतन्त्र भत्किन्छ । एकै पटक गर्ल्यामगुर्लम जाने घर होइन लोकतन्त्र । हिजोका शहीदहरूले बलिदानी दिएका छन् । राजनीतिक दलहरूले जेलनेल भोगेर बलियो बनाएका छन् । बेल्कुल बलियो छ लोकतन्त्र । यो कमजोर छैन । कमजोर हुँदो हो त धेरै अगाडि ढलिसक्थ्यो । उनीहरूले भन्न सक्छन् हामीलाई, हामीले कति बलियो बनाएर तिमीहरूलाई दिएका थियौँ । सुशासनको कुरामा पो हामी चुकेका थियौँ, राजनीतिक कुरामा त हामी बलियो थियौँ, किन कमजोर बनायौ लोकतन्त्र ? भनेर सोधे भने हामीसँग जवाफ हुने छैन । हामी त्यो मोडमा जाने वाला छैनौँ । हामी हाम्रो इतिहास त्यसरी लेख्ने पुस्ता होइनौँ । त्यसकारण हामीले अत्यन्त जिम्मेवार भएर काम गर्नुपर्नेछ ।’

उनले पुराना राजनीतिक दलहरूले लोकतन्त्रलाई मजबुत बनाएर आफूहरूलाई जिम्मा लगाएको भन्दै लोकतन्त्र कमजोर बनाएको इतिहास लेखाउने मार्गमा नजान जिम्मेवार भएर काम गर्नुपर्ने बताए।

0 Comments