७ भाद्र २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पार्टीको विधि, निर्देशिका, नियमावलीको अक्षरशः पालना हुन्छ, आफ्नो अस्तित्वमाथि प्रश्न उठ्न दिन्नँ’ : रवि लामिछाने

अ+ अ-

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीभित्र कुनै गुटबन्दी र विवाद नरहेको सन्देश दिएका छन् । 

आइतबार राजधानी काठमाडौँमा आयोजित पार्टीको ‘नीति, संगठन र नेतृत्व’ कार्यशालालाई सम्बोधन गर्दै उनले पार्टी कार्यकर्तालाई यस्तो सन्देश दिएका हुन् । 

उनले पार्टीभित्र विवाद रहेको विषयमा बजारमा हुने गरेका हल्लाहरूको पछि नलाग्न समेत उनले सबैमा आग्रह गरे । उनले पार्टीको प्रथम महाधिवेशनमार्फत समायोजनको सम्पूर्ण कार्य सम्पन्न भइसको समेत स्पष्ट पारे ।

उनले पार्टीले बनाएको विधि, निर्देशिका, नियमावली तथा अनुमोदित राजनीतिक दस्ताबेजको अक्षरशः पालना गरिने समेत स्पष्ट पारे । उनले विधि मिचेर आफ्नो अस्तित्वमाथि प्रश्न आउने काम हुन नदिने कुरमा आफू स्पष्ट रहेको समेत बताए । 

उनले भने, ‘आफू नेतृत्वमा भएको बेलामा विधि मिचे भने मेरो अस्तित्वमा पनि तपाईँहरू प्रश्न गर्न पाउनुहुन्छ । त्यसकारण मेरो अस्तित्वमा प्रश्न आउने काम मेरो कार्यकालमा नहोस् भन्ने कुरामा म सचेत छु । क्यान्डिडेट क्लब, लिडरसिप एकेडेमी यी सबै कुराहरूको अक्षरशः पालना गरेर उम्मेदवारहरूको पालना हुन्छ । पार्टीले अनुमोदन गरेका राजनीतिक दस्ताबेजहरूको अक्षरशः पालना हुन्छ । पार्टीले बनाएको विधि, निर्देशिका, अनियमावलीको अक्षरशः पालना हुन्छ । हामी विधिभन्दा बाहिर जान सक्दैनौँ । हिजो समायोजनको विषयलाई लिएर एउटा ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा आएको थियो । त्यसकारण हामीले विभिन्न साथीहरूसँग समायोजन गरेर महाधिवेशनमा समायोजन टुंग्याएका हौँ । चितवनमा जे जे कुरा भएको थियो । त्यो कुरा मुग्लिन कटेर आएको छैन । त्यतै छ । त्यसकारण बजारमा आउने हल्ला र गसिपको पछि लाग्ने साथीहरू पछि पर्नुहुन्छ ।’

उनले आउँदो स्थानीय तह निर्वाचनमा क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीलगायत पार्टीका संरचना तथा प्रक्रियाको पालना गर्दै उम्मेदवार गरिने समेत बताए । 

0 Comments