काठमाडौँ । बैतडीमा एक महिनाको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने २३० सवारीसाधन कारबाहीमा परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार साउनमा जिल्लाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको जाँचका क्रममा नियम उल्लंघन गर्ने २३० सवारी कारबाहीमा परेका हुन ।
कारबाहीमा परेका सवारीसाधनबाट जरिवानावापत रु. दुई लाख २६ हजार राजस्व संकलन भएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए । उनका अनुसार गत साउनमा दुई वटा सवारी दुर्घटना हुँदा जना घाइते भएका छन् ।
यसैबीच, अदालतबाट दोषी ठहर भई फैसला कार्यान्वयनका क्रममा एक महिनामा २० जना फरार अभियुक्त पक्राउ परेका छन् । अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका उनीहरूलाई पक्राउ गरिएको प्रहरी निरीक्षक सिंहले बताएका छन्।






