७ भाद्र २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिँचाइ र तटबन्ध निर्माणमा जोड

अ+ अ-

काठमाडौँ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँले आर्थिक वर्ष २०८२-८३ मा सिँचाइ सुविधा विस्तार, पुराना सिँचाइ प्रणालीको पुन:स्थापना तथा नदी कटान नियन्त्रणका लागि तटबन्ध निर्माणलाई प्राथमिकता दिएको छ । 

कार्यालयले सो अवधिमा सञ्चालन गरेका विभिन्न कार्यक्रममार्फत १५ हेक्टर नयाँ क्षेत्रमा सिँचाइ विस्तार गर्नुका साथै ११० हेक्टर क्षेत्रफलमा सिँचाइ प्रणालीको नवीकरण तथा पुन:स्थापना गरेको हो ।

जिल्लास्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका सिनियर सव-इञ्जिनियर सचिन कायस्थले सो अवधिमा नौ दशमलव ५७ किलोमिटर तटबन्ध निर्माण गरिएको जानकारी दिए । उनका अनुसार चार हेक्टर जग्गा उकास गरिएको छ । 

सिँचाइको पहुँच विस्तारसँगै पुराना तथा जीर्ण भएका सिँचाइ संरचनाको सुधार, नदी तथा खोलाबाट हुने कटान नियन्त्रण र खेतीयोग्य जमिन संरक्षणलाई कार्यालयले प्राथमिकतामा राखेको कायस्थले बताए। 

“सिँचाइ सुविधा विस्तारसँगै भएका प्रणालीको संरक्षण र पुन:स्थापनालाई प्राथमिकता दिएका छौँ । यसले खेतीयोग्य जमिनमा नियमित सिँचाइ सुविधा पुर्‍याउन तथा कृषि उत्पादन बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ”, उनले भने । 

छ हजार ७५५ हेक्टरमा सिँचाइ विस्तार
कार्यालयका अनुसार हालसम्म जिल्लामा छ हजार ७५५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार गरिएको छ भने तीन हजार ८३५ हेक्टर क्षेत्रफलमा कृषक कुलो स्तरोन्नति गरिएको छ ।

कृषकले आफ्नै पहलमा सञ्चालन गर्दै आएका सिँचाइ कुलोलाई व्यवस्थित तथा सुधार गरी खेतसम्म पानी पुर्‍याउने क्षमता बढाउने कामसमेत हुँदै आएको सव(इञ्जिनियर कायस्थले जानकारी दिए। पुराना संरचना जीर्ण हुँदा पानी चुहावट हुने, कुलो भत्किने तथा आवश्यक पर्दा खेतमा पानी नपुग्ने समस्या हुने भएकाले कुलो स्तरोन्नतिलाई सिँचाइ विकासको महत्त्वपूर्ण पक्षका रूपमा अघि बढाइएको कार्यालयले जनाएको छ ।

त्यस्तै हालसम्म १२५ हेक्टर क्षेत्रमा सिँचाइ प्रणालीको नवीकरण तथा पुन:स्थापना, २४ दशमलव २० किलोमिटर तटबन्ध निर्माण र ४९ हेक्टर जग्गा उकाश गरिएको छ । नदी तथा खोलाको कटानबाट प्रभावित क्षेत्रलाई संरक्षण गर्न कार्यालयले हालसम्म दुई स्थानमा पहिरो संरक्षणको काम गरेको कायस्थले बताए । 

आर्थिक वर्ष २०८२-८३ मा कार्यालयअन्तर्गत कूल ९६ आयोजना सञ्चालनमा रहेकामा ६२ सम्पन्न भएका छन् भने २९ वटा क्रमागत अवस्थामा रहेका सव-इञ्जिनियर कायस्थले जानकारी दिए । उनका अनुसार चार वटा आयोजना भने कार्यान्वयन हुन सकेका छैनन् । कार्यालयका अनुसार स्रोत सुनिश्चित भएका कूल ३६ आयोजनामध्ये २७ वटा सम्पन्न भएका छन् भने नौ वटा क्रमागत रूपमा अघि बढिरहेका छन् ।

त्यस्तै क्रमागत प्रकृतिका १२ आयोजनामध्ये तीन वटा सम्पन्न भएका छन् भने बाँकी क्रमागत रूपमा सञ्चालनमा छन् । मर्मतसम्भार तथा प्रणाली सुदृढीकरणतर्फ रहेका ४८ आयोजनामध्ये ३२ वटा सम्पन्न भएका छन् भने १२ वटा क्रमागत अवस्थामा छन् ।

चार आयोजना कार्यान्वयन हुन सकेनन्
गत आर्थिक वर्षमा स्वीकृत भएका चार वटा आयोजना भने विभिन्न कारणले कार्यान्वयनमा जान नसकेका कार्यालयले जनाएको छ । कार्यालयका अनुसार व्यास नगरपालिका-८ स्थित टार आँपटारी, ऋषिङ गाउँपालिका-४ स्थित मनादी खोला भिरकोट, भिमाद नगरपालिका-८ स्थित सिम्लेफाँट लिफ्ट र देवघाट गाउँपालिका-१ स्थित कालिकाटार सिँचाइ आयोजना कार्यान्वयन हुन नसकेका हुन् ।

व्यास-८ को टार आँपटारी सिँचाइ आयोजना उपभोक्ता सम्पर्कमा नआएकाले कार्यान्वयन हुन नसकेको कार्यालयले जनाएको छ । उपभोक्ता समिति तथा स्थानीय लाभग्राहीसँग समन्वय हुन नसक्दा आयोजना अघि बढाउन समस्या भएको सव-इञ्जिनियर कायस्थले बताए ।

ऋषिङ-४ को मनादी खोला भिरकोट सिँचाइ आयोजनामा स्थानीय स्तरबाट आएको माग र विनियोजित बजेट फरक परेकाले कार्यान्वयन गर्न नसकेको कायस्थले बताए । उनका अनुसार भिमाद-८ को सिम्लेफाँट लिफ्ट सिँचाइ आयोजना न्यून बजेटका कारण कार्यान्वयन हुन नसकेको हो । लिफ्ट प्रणालीमा आवश्यक पूर्वाधार निर्माण गर्न विनियोजित रकम पर्याप्त नभएपछि आयोजना अघि बढाउन कठिनाइ भएको उनले बताए । 

त्यस्तै देवघाट(१ स्थित कालिकाटार सिँचाइ आयोजनामा पानी नचल्ने समस्या देखिएकाले तत्काल निर्माण अघि बढाउन नसकिएको हो । उक्त आयोजनाका लागि पुनः विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्नुपर्ने अवस्था रहेको कार्यालयले जनाएको छ ।

कृषि उत्पादन बढाउने आधार
जिल्लामा कृषि क्षेत्रको उत्पादकत्व बढाउन सिँचाइ सुविधा विस्तारलाई महत्त्वपूर्ण पूर्वाधारका रूपमा लिइएको छ । वर्षायाममा मात्र पानीमा निर्भर भएर खेती गर्नुपर्ने अवस्थालाई घटाउँदै बाह्रै महिना वा आवश्यक समयमा सिँचाइ सुविधा उपलब्ध गराउन सके कृषि उत्पादन र किसानको आम्दानी बढाउन सकिने कार्यालयको अपेक्षा छ ।

आगामी दिनमा निर्माणाधीन क्रमागत आयोजना सम्पन्न गर्नुका साथै आवश्यकताका आधारमा नयाँ सिँचाइ आयोजना अघि बढाउने, पुराना प्रणालीको मर्मतसम्भार गर्ने र जोखिमयुक्त क्षेत्रमा तटबन्ध निर्माणलाई निरन्तरता दिने कार्यालयको तयारी छ ।

0 Comments