८ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसद सिंहले भने : ‘हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गयो’

अ+ अ-

काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले आफूहरूको सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गएको बताएका छन् ।

प्रतिनिधि सभाकाको बैठकमा बोल्दै उनले तीन वर्षीय बालिकाको बलात्कारपछिको घटना र सप्तरीको बालिकाको हत्याको घटनाले मर्माहत बनाएको बताए ।

‘यो हाम्रो समाज, यो देश कता गइरहेको छ ?’ उनले प्रश्न गरे । यहाँनेर उनले सरकारसँग जनताको विश्वासको कुरा जोडेका हुन् ।

‘यो दुइटा घटनालाई मात्रै हेर्न मिल्दैन । हाम्रो सरकार बनेदेखि चाहे कप्तानगञ्जको घटना होस्, धार्मिक र सामाजिक सद्भावको कुरा होस् । या बिभिन्न किसिमका आन्दोलन होस् । मिटरब्याज पीडितको होस्, लघुवित्त पीडितको होस् चाहे डाक्टरको होस् दिनका दिन भइरहेको छ’ सांसद सिंहले भने, ‘यसले के देखाउँछ कि, हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ ।’

अराजकता, अस्थिरता, हत्या, हिंसा, बलात्कार जस्ता घटना बढेको भनेर उनले सरकारको ध्यानाकर्षण गरे । यी घटना र बिभिन्न आन्दोलनका घटनाले नेपाली जनता दु:खमा रहेको देखाउने पनि उनले बताए ।

जब समाजमा बेतिथी हुन्छ, विश्वास र भरोसा टुट्छ त्यो समाजमा अपराध बढ्ने उनले बताएका छन् ।

0 Comments