रौतहट । रौतहटको परोहा नगरपालिका-५ रमनगरका १० वर्षीय बालक नासिर कलामको पोखरीमा डुबेर मृत्यु भएको छ । स्थानीय शेख नसरुल हकका छोरा नासिर कलाम आज सार्वजनिक पोखरीमा नुहाउने क्रममा डुबेका थिए ।
प्रहरीले बालकको शव शव परीक्षणका लागि प्रादेशिक अस्पताल गौर पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिए ।






