१० भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवा बाढीले बैंकिङ संरचनामा गम्भीर असर, कर्मचारीको अवस्थाबारे अझै यकिन हुन सकेन

अ+ अ-

काठमाडौँ। रसुवामा आएको बाढीका कारण जिल्लाका बाढी प्रभावित क्षेत्रमा सञ्चालनमा रहेका विभिन्न वाणिज्य बैंकका नौ शाखा कार्यालयमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण आएको छ। प्रभावित शाखाहरूका भौतिक संरचना तथा कार्यालय सामग्रीमा समेत व्यापक क्षति भएको बताइएको छ।

नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाका अनुसार बाढी प्रभावित क्षेत्रमा रहेका नौवटै बैंक शाखा प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। केही कार्यालय पूर्ण रूपमा बगाएको तथा कतिपय संरचना गम्भीर रूपमा क्षतिग्रस्त भएको प्रारम्भिक जानकारी प्राप्त भएको उनले बताएका छन्।

बाढीका कारण सञ्चार सम्पर्क अवरुद्ध हुँदा शाखाहरूमा भएको क्षतिको विस्तृत विवरण संकलन गर्न कठिनाइ भइरहेको संघले जनाएको छ। प्रभावित बैंकका कार्यालयमा कार्यरत कर्मचारीमध्ये आधाभन्दा बढी अझै सम्पर्कमा आउन नसकेको जानकारी पनि दिइएको छ।

केही कर्मचारीले भने सम्पर्क स्थापित गरी आफूहरू सुरक्षित रहेको जानकारी गराएका छन्। उनीहरूबाट कार्यालय तथा कार्यस्थलको संरचना भने नरहेको वा बाढीबाट क्षतिग्रस्त भएको विवरण प्राप्त भएको अध्यक्ष कोइरालाले बताएका छन्।

प्रभावित क्षेत्रमा नबिल बैंक, प्रभु बैंक र ग्लोबल आइएमई बैंकलगायतका वाणिज्य बैंकका शाखा सञ्चालनमा रहेका थिए। हाल सम्बन्धित बैंकहरूले क्षतिको वास्तविक अवस्था पहिचान तथा विवरण संकलन गर्ने काम अघि बढाइरहेका छन्।

बैंकिङ क्षेत्रले प्रभावित कर्मचारीको अवस्था यकिन गर्न तथा आवश्यक उद्धार कार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकायसँग समन्वय गर्न आग्रह गरेको छ। सञ्चार तथा यातायात सम्पर्क सहज भएपछि शाखागत क्षति र कर्मचारीको अवस्थासम्बन्धी विस्तृत विवरण प्राप्त हुने अपेक्षा गरिएको छ।

0 Comments