१० भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवागढी भन्सारका १४ कर्मचारीको अवस्था अझै अज्ञात, खोजी जारी

रसुवागढी भन्सारमा कार्यरत प्रमुख भन्सार प्रशासकसहित २५ स्थायी कर्मचारी सम्पर्कमा आएका छन्। ११ स्थायी तथा तीन करार र ज्यालादारी गरी १४ कर्मचारीको अवस्था बुझ्न खोज, उद्धार र समन्वय जारी छ।

अ+ अ-

काठमाडौँ । रसुवामा आएको बाढीपछि रसुवागढी भन्सार कार्यालयमा कार्यरत १४ कर्मचारीको अवस्था अझै यकिन हुन सकेको छैन। उनीहरूसँग सम्पर्क स्थापित गर्न खोज, उद्धार तथा समन्वय भइरहेको छ।

पछिल्लो विवरण अनुसार रसुवा भन्सार कार्यालयमा ३६ स्थायी दरबन्दी छ। तीमध्ये प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहित २५ जना सम्पर्कमा आएका छन्।

बाँकी ११ जना स्थायी कर्मचारीसँग भने अहिलेसम्म सम्पर्क हुन सकेको छैन। उनीहरूको अवस्था बुझ्ने तथा सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको छ।

करार र ज्यालादारीका तीन कर्मचारीको पनि खोजी
भन्सार कार्यालयमा चार जना करार तथा ज्यालादारी कर्मचारी कार्यरत रहेकामा एक जना सम्पर्कमा आएका छन्। बाँकी तीन जनाको अवस्था पनि यकिन हुन सकेको छैन।

यसरी ११ स्थायी र तीन करार तथा ज्यालादारी गरी कुल १४ कर्मचारीको अवस्था बुझ्न खोजी तथा समन्वय भइरहेको छ।

सम्पर्क हुन नसकेका कर्मचारीलाई अहिलेकै अवस्थामा ‘बेपत्ता’ भन्न सकिने अवस्था नरहेकाले सम्बन्धित निकायले उनीहरूको खोजी र सम्पर्क स्थापनालाई प्राथमिकता दिएको छ।

बाढीबाट भन्सार क्षेत्र प्रभावित
बुधबार बिहान तिब्बततर्फबाट भोटेकोशीमा आएको आकस्मिक बाढीले टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रसमेत प्रभावित बनाएको छ। भन्सार कार्यालय, यार्ड तथा आसपासका पूर्वाधारमा क्षति पुगेको प्रारम्भिक विवरण आएको छ।

बाढीका कारण सडक, सञ्चार तथा अन्य पूर्वाधार प्रभावित भएकाले घटनास्थलको पूर्ण अवस्था र कर्मचारीको विवरण तत्काल यकिन गर्न कठिनाइ भइरहेको छ।

सम्बन्धित निकायले सम्पर्कमा आउन बाँकी कर्मचारीको खोजीसँगै उद्धार तथा अन्य निकायसँगको समन्वय जारी राखेको छ।

0 Comments