११ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवा बाढी: हालसम्म १६५ जनाको मृत्यु, ८२६ अझै बेपत्ता

अ+ अ-

काठमाडौँ । रसुवा बाढीमा परी बेपत्ता भएकाहरुमध्ये हालसम्म १ सय ६५ जनाको शव फेला परेको छ ।

बिहीवार बिहान सवा ८ बजेसम्म सरकारले दिएको जानकारीअनुसार र हालसम्म १६५ जनाको शव फेला परेको छ भने ८ सय २६ जना अझै बेपत्ता रहेका रहेका छन् । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले देशका विभिन्न स्थानमा भएको विपद्का कारण ठूलो मानवीय क्षति भएको जानकारी दिएको छ । केन्द्रका प्रमुख फडेन्द्रप्रसाद पौडेलकाअनुसार बेपत्ता हुनेहरूमध्ये ८५ जना सुरक्षाकर्मी रहेका छन् । जसमा नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरी बलका १३ जना छन् ।

अन्य बेपत्ताहरूमा रसुवाका १ सय ६१ र नुवाकोटका १ जना रहेका छन् । यसैगरी, कुल ५ सय ७९ जना पर्यटकहरू पनि सम्पर्कविहीन भएको मन्त्रालयले जनाएको छ । जसमा १ सय १३ जना नेपाली र ४ सय ६६ जना विदेशी पर्यटक रहेका छन् । मन्त्रालयको विवरण अनुसार हालसम्म १०४ जनाको सफल उद्धार गरिएको छ । उद्धार गरिएकाहरूमध्ये रसुवाबाट ४३, नुवाकोटबाट ५८ र धादिङबाट ३ जना रहेका छन् । 

फेला परेका १ सय ६५ शवहरूको जिल्लागत विवरणअनुसार धादिङमा २७, नुवाकोटमा १२, रसुवामा २, गोरखामा २०, नवलपरासीमा २६, तनहुँमा ९ र चितवनस्थित नारायणी नदी आसपास क्षेत्रमा ६४ वटा शव प्राप्त भएका छन् । त्यस्तै, नवलपरासी पश्चिममा ५ जनाको शव फेला परेको छ । केन्द्रका प्रमुख पौडेलले फेला परेका कतिपय शवहरू क्षतविक्षत अवस्थामा रहेको जानकारी दिए । 

मन्त्रालयले सूचनाको संवेदनशीलतालाई ध्यानमा राख्दै आधिकारिक निकायबाट संप्रेषित समाचारलाई मात्र विश्वास गर्न आम नागरिकलाई अनुरोध गरेको छ ।  

0 Comments