११ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपद्को समयमा राजनीतिक विभाजनभन्दा माथि उठेर उद्धारमा जुट्न ‘प्रचण्ड’को आग्रह

अ+ अ-

काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक विपत्तिबाट मुलुक प्रभावित भइरहेका बेला राजनीतिक असहमति र पूर्वाग्रहलाई प्राथमिकता नदिई सामूहिक रूपमा संकट व्यवस्थापनमा केन्द्रित हुनुपर्ने बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पहलमा आयोजित सर्वदलीय छलफलमा धारणा राख्दै ‘प्रचण्ड’ले विपद्मा परेका नागरिकलाई राज्य र राजनीतिक शक्तिहरूको साथ रहेको अनुभूति हुने गरी खोज, उद्धार तथा राहत कार्य सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन्।

उनले अहिलेको अवस्था राजनीतिक आरोप-प्रत्यारोप वा बहसलाई अघि बढाउनेभन्दा नागरिकको जीवन सुरक्षालाई केन्द्रमा राखेर काम गर्ने समय भएको बताए। विपद् प्रभावित नागरिकले आफू संकटमा एक्लिएको महसुस गर्न नपाउने वातावरण निर्माण गर्न सबै राजनीतिक दल र सम्बन्धित पक्षको सक्रिय भूमिका आवश्यक रहेको उनको भनाइ थियो।

‘प्रचण्ड’ले पछिल्ला प्राकृतिक विपत्तिलाई जलवायु परिवर्तन तथा हिमाली क्षेत्रमा बढ्दै गएको जोखिमसँग जोडेर हेर्नुपर्ने उल्लेख गरे। यस्ता जोखिमको सामना गर्न तत्कालीन उद्धारभन्दा बाहिर गएर वैज्ञानिक अध्ययन, दीर्घकालीन रणनीति र आवश्यक नीतिगत संरचना विकास गर्नुपर्ने उनले बताए।

सीमापार नदी तथा हिमाली जोखिमका सन्दर्भमा छिमेकी मुलुकसँग पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए। साथै, जलवायु परिवर्तनबाट नेपालले व्यहोरेको क्षति र जोखिमलाई अन्तर्राष्ट्रिय तहमा उठाउँदै जलवायु न्यायका आधारमा आवश्यक सहयोग र सहकार्यका लागि पहल गर्नुपर्ने उनको धारणा थियो।

विगतमा बाढी, पहिरो तथा भूकम्पका समयमा राजनीतिक तथा सामाजिक तहमा देखिएको सामूहिक प्रयासलाई स्मरण गर्दै ‘प्रचण्ड’ले विपद् व्यवस्थापनमा समेत त्यही भावना निरन्तरता दिनुपर्ने बताए। आफ्नो पार्टी सरकारका प्रयाससँग सहकार्य गर्दै प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा सक्रिय रहने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

0 Comments