११ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोटेकोशी बाढी : १७७ शव फेला, सुरक्षाकर्मी र विदेशी पर्यटकसहित ठुलो संख्यामा मानिस सम्पर्कविहीन

भोटेकोशी बाढीपछि भदौ ११ गते बिहान ११ बजेसम्म १७७ शव फेला परेका छन्। ४६६ विदेशी पर्यटक र ८७ सुरक्षाकर्मी सम्पर्कविहीन छन् भने सडक, पुल, घर तथा जलविद्युत संरचनामा व्यापक क्षति पुगेको छ।

अ+ अ-

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीपछि मानवीय क्षतिको संख्या बढ्दै गएको छ। भदौ ११ गते बिहान ११ बजेसम्म विभिन्न आठ जिल्लामा गरी १७७ शव फेला परेका छन्। ठुलो संख्यामा सर्वसाधारण, विदेशी पर्यटक र सुरक्षाकर्मी अझै सम्पर्कविहीन छन् भने सडक, पुल, निजी घर, सरकारी कार्यालय, जलविद्युत गृह र विद्यालयलगायतका संरचनामा क्षति पुगेको छ।

पछिल्लो विवरण अनुसार सबैभन्दा बढी चितवनमा ६९ शव फेला परेका छन्। नवलपरासी पूर्वमा ३२, धादिङमा २७, गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा ९, नवलपरासी पश्चिममा ६ र रसुवामा २ शव फेला परेका छन्।

फेला परेका शवमध्ये ४१ महिला, ६९ पुरुष, १० बालिका र ७ बालक छन्। थप ५० वटा शरीरका अंग मात्रै फेला परेको विवरणमा उल्लेख छ। यी सबैलाई समेटेर शवको कुल संख्या १७७ रहेको छ । 

काठमाडौँका ६ अस्पतालमा ३३ घाइते उपचाररत
बाढीमा घाइते भएका ३३ जनाको काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये त्रिवि शिक्षण अस्पतालमा १९ र ट्रमा सेन्टरमा ८ जना उपचाररत छन्।

त्यस्तै वीर अस्पताल र नर्भिक अस्पतालमा २-२ तथा वीरेन्द्र सैनिक अस्पताल र मनमोहन अस्पतालमा १-१ जना उपचाररत रहेको विवरण छ।

सेना, प्रहरी र सशस्त्रका ८७ जना सम्पर्कविहीन
बाढीपछि तीन सुरक्षा निकायका ८७ सुरक्षाकर्मी सम्पर्कविहीन रहेको बताइएको छ। त्यसमा नेपाली सेनाका ४६, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरी बल नेपालका १३ जना रहेका छन्। सेनातर्फ श्रीनाथ गण टिमुरेका २२, श्रीनाथ गण मैलुङका ५ र श्री शेर गण मैलुङका १९ जना रहेका छन्।

नेपाल प्रहरीका सम्पर्कविहीन २८ जनामध्ये टिमुरेका १०, रसुवागढीका ८, स्याफ्रुबेँसीका ३, मैलुङका ५, बेत्रावतीका १ र हाकुका १ जना छन्। सशस्त्र प्रहरी बल नेपालका टिमुरेमा रहेका १३ जना सम्पर्कविहीन रहेका छन् । ४६६ विदेशी पर्यटक सम्पर्कविहीन, रसुवाको संख्या यकिन छैन

४६६ विदेशी पर्यटक सम्पर्कविहीन भएको बताइएको छ । जसमा रसुवा, नुवाकोट र विदेशी पर्यटकबाहेक सम्पर्कविहीनको कुल संख्या ८५५ रहेको जनाइएको छ । 

यसैगरी प्रदेशगत रूपमा कोशी प्रदेशमा ७५, मधेश प्रदेशमा ३७, बागमती प्रदेशमा रसुवा र नुवाकोटबाहेक ४०८, गण्डकीमा ४३, लुम्बिनीमा १०५, कर्णालीमा ११८ र सुदूरपश्चिममा ७२ जना रहेको विभिन्न स्रोतबाट प्रशासन डटकमले तथ्यांकमा उल्लेख छन्।

रसुवामा सञ्चार सम्पर्क विच्छेद रहेकाले सम्पर्कविहीनको संख्या यकिन नभएको अधिकारीहरूले बताइरहेका छन् । नुवाकोटमा भने अनुमानित २०० देखि ३०० जना सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको छ । 

बागमतीतर्फ उदयपुरका २, मकवानपुरका ४४, सिन्धुपाल्चोकका १६६, सिन्धुलीका २७, रामेछापका ३१, दोलखाका ५३, धादिङका २५ र काभ्रेपलाञ्चोकका ६० जना सम्पर्कविहीन रहेको बताइएको छ। उदयपुरका दुई जना बेत्रावतीमा फर्निचर व्यवसायी रहेको र काभ्रेपलाञ्चोकका ६० जना काठमाडौँ विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी भई इन्टर्नसिपका लागि अपर त्रिशूली हाइड्रोपावरमा गएको विवरण छ।

मधेश प्रदेशतर्फ महोत्तरीका १२, बाराका ७, सर्लाहीका ६, सप्तरी, रौतहट र पर्साका ३-३, सिरहाका २ र धनुषाका १ जना सम्पर्कविहीन रहेको बताइएको छ । सप्तरीका तीन जना जलविद्युत कम्पनीमा काम गर्ने र सर्लाहीका ६ जना गोसाइँकुण्ड यात्री रहेको बुझिएको छ । 

गण्डकी प्रदेशमा गोरखाका ४३ जना सम्पर्कविहीन छन्। लुम्बिनीमा नवलपरासी पश्चिमका ३, रुपन्देहीका १०, कपिलवस्तुका १, दाङका २२, बाँकेका ६, बर्दियाका २४, पाल्पाका ६, गुल्मीका ४, अर्घाखाँचीका ७, प्युठानका ३, रोल्पाका १८ र रुकुम पूर्वका १ जना गरी १०५ जना सम्पर्कविहीन रहेको विवरण छ।

कर्णाली प्रदेशमा ११८ जना सम्पर्कविहीन रहेको उल्लेख छ। जिल्लागत रूपमा मुगुका ७, सल्यानका ४७, जुम्लाका ३९, सुर्खेतका ४, दैलेखका २, हुम्लाका २, डोल्पाका २, जाजरकोटका २, रुकुम पश्चिमका ७ र कालिकोटका ६ जना छन्।

सुदूरपश्चिममा प्रशासन तथा प्रहरी कार्यालयमा आफन्तले गराएको जानकारी र सम्पर्कमा नरहेका व्यक्तिबारे सामाजिक सञ्जालमा सार्वजनिक सूचनाका आधारमा विवरण तयार गरिएको छ। त्यसमा कैलालीका १५, कञ्चनपुरका २०, डडेलधुराका १५, बैतडीका ६, दार्चुलाका ३, बझाङका १, डोटीका १, अछामका २ र बाजुराका ९ जना गरी कुल ७२ जना उल्लेख छन्।

गल्छी-त्रिशूली-मैलुङ र स्याफ्रुबेँसी-रसुवागढी सडकमा व्यापक क्षति
बाढीले नुवाकोट-रसुवातर्फ गल्छी-त्रिशूली-मैलुङ तथा स्याफ्रुबेँसी-रसुवागढी सडक खण्डको अधिकांश भागमा क्षति पुर्‍याएको छ। ती सडक सञ्चालनमा छैनन्। टोखा-छहरे सडक खण्ड भने सञ्चालनमा रहेको छ।

धादिङमा गल्छीदेखि गजुरीसम्मको सडकमा लेदो रहेकाले पृथ्वी राजमार्ग अवरुद्ध छ र लेदो पन्छाउने काम जारी छ। गजुरी गाउँपालिका-२ फुर्केखोलामा रहेको जिल्ला सदरमुकाम जोड्ने पक्की पुल बगाउँदा सदरमुकामबाट पृथ्वी राजमार्गतर्फको आवागमन बन्द भएको छ।

चितवन र नवलपरासी पूर्वस्थित पूर्व-पश्चिम राजमार्ग भने सञ्चालनमा रहेको छ।

नुवाकोटमा ७०० देखि ८०० निजी घरमा क्षति, दर्जनौँ पुल प्रभावित
भौतिक क्षतितर्फ रसुवाको टिमुरे, स्याफ्रुबेँसी बजार र बेत्रावती बजारलगायतका स्थान प्रभावित भएका छन्। नुवाकोटमा विदुर नगरपालिकाका त्रिशूली बजार, ढुंगे, देवीघाट, तुप्चे र बेत्रावती बजारसहित तारकेश्वर तथा बेलकोटगढी क्षेत्रमा क्षति पुगेको छ।

त्रिशूली नदीमा रहेका ११ वटा पक्की पुल, ९ वटा झोलुंगे पुल र २ वटा टनेलमा क्षति पुगेको छ। त्यस्तै ६ सरकारी कार्यालय, ७०० देखि ८०० निजी घर, ३ जलविद्युत गृह र ४ विद्यालयमा क्षति पुगेको छ। क्षतिग्रस्त विद्यालयमध्ये एउटा सरकारी र तीन निजी विद्यालय छन्।

केन्द्रीय कारागारको केही भाग बाढीले पुरिएको भए पनि कैदी बन्दीहरू भित्रै सुरक्षित रहेका अधिकारीहरूले जानकारी दिएका छन् । धादिङमा ६ वटा पक्की र ९ वटा झोलुंगे पुल बाढीले बगाएको छ। गोरखामा तीन वटा झोलुंगे पुल बगाएको छ। सुरक्षाकर्मीलगायत अधिकारीहरू यतिबेला उद्धारमा खटिएका छन् । र, विवरणहरू थप अपडेट भइरहेको छ ।

0 Comments