११ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोटेकोशी बाढी: सर्लाहीका नौ जना सम्पर्कविहीन

अ+ अ-

सर्लाही । भोटेकोशी नदीमा आएको बाढीका कारण सर्लाहीका नौ जना सम्पर्कविहीन भएका छन् ।

लालबन्दी नगरपालिका–९ निवासी माधव काफ्ले, अनुज काफ्ले, लालबन्दी नगरपालिका–५ का कृष्णप्रसाद धमला, द्वारिका दङ्गाल र चिरञ्जीवी खतिवडा सम्पर्कविहीन भएका हुन् । उनीहरू केही दिनअघि गोसाईंकुण्ड तीर्थयात्रामा गएका थिए।

सोही बाढीका कारण हरिवन नगरपालिका–११ कडरिया चोक निवासी सक्षम कार्की र मनिल कायस्थ पनि सम्पर्कविहीन भएको परिवारजनले बताएका छन् ।

उनीहरू साथीहरूसँग मिलेर रसुवाको गोसाईंकुण्ड यात्रामा जानुभएको र बुधबार बिहानबाट सम्पर्कविहीन भएको मनिलका बुबा बालगोपाल कायस्थले जानकारी दिए ।

भोटेकोशीको बाढीले त्रिशूली ‘३बी’ जलविद्युत् आयोजनामा कम गर्ने सर्लाहीको हरिवन नगरपालिका–५ घुर्कौलीका प्राविधिक सुनिलकुमार कुशवाहा र ईश्वरपुर नगरपालिका–७ बयलबासका लक्ष्मण श्रेष्ठ सम्पर्कविहीन छन् ।

उनीहरू कार्यरत आयोजना बाढीले ध्वस्त बनाएपछि उनीहरू सम्पर्कविहीन भएका हुन् । उनीहरूको खोजीका लागि परिवारले हारगुहार गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयले एक सूचना सार्वजनिक गर्दै बुधबार बिहान भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रबाट सम्पर्कविहीन भएको आफन्तको विवरण उपलब्ध गराई दिन आग्रह गरेको छ ।

0 Comments