११ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

अ+ अ-

काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको शवबाट सुनको गहना निकालिएको घटनामा चितवन प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

त्रिशूली-नारायणी नदी किनारमा भेटिएको शवको कानबाट सुनको मुन्द्रा निकाल्दै गरेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको थियो। सार्वजनिक भिडियोका आधारमा संलग्न व्यक्तिको पहिचान गरी उनीहरूलाई नियन्त्रणमा लिइएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए।

पक्राउ पर्नेमा नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-१ घर भई हाल भरतपुर महानगरपालिका-१ लीलाचोकस्थित मामाघरमा बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरीको इनरुवा नगरपालिका-५ घर भई हाल भरतपुर महानगरपालिका-२ पोखरा बसपार्कको सुपारीटोलमा बस्दै आएका ३८ वर्षीय उमेश चौधरी रहेका छन्।

सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि प्रहरीले त्यसको सत्यता परीक्षण गर्दै दृश्यमा देखिएका व्यक्तिहरूको पहिचान गरेको थियो। पहिचान खुलेसँगै दुवैलाई पक्राउ गरी घटनासम्बन्धी अनुसन्धान अघि बढाइएको हो।

प्रहरीले मृतकको शवसँग सम्बन्धित घटनालाई संवेदनशील विषयका रूपमा लिँदै प्रमाण संरक्षण तथा शवको सम्मान कायम राख्ने पक्षलाई समेत अनुसन्धानको दायरामा राखेको जनाएको छ। पक्राउ परेका व्यक्तिमाथि अनुसन्धानपछि प्रचलित कानुनअनुसार आवश्यक कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।

भोटेकोशीमा आएको बाढीपछि त्रिशूली तथा नारायणी नदीका विभिन्न किनारमा शव भेटिने क्रम जारी रहेको छ।

0 Comments