काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावित आठ जिल्लामा बिहीबार राति ९ बजेसम्म ३८९ जनाको शव फेला परेको छ।
नेपाल प्रहरीका अनुसार रसुवामा १७, नुवाकोटमा २८ र धादिङमा ३३ जनाको शव भेटिएको छ। त्यस्तै, चितवनमा १३७, गोरखामा ३२ र तनहुँमा २८ जनाको शव फेला परेको छ।
पूर्वी नवलपरासीमा ८७ र पश्चिम नवलपरासीमा २७ जनाको शव भेटिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बाढीबाट घाइते भएका ४६६ जनाको हालसम्म उद्धार गरिएको छ।






