११ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवामा सेनाको उद्धार जारी : टनेलबाट ३५० सहित ८८३ जनालाई सुरक्षित स्थानमा सारियो

अ+ अ-

भोटेकोशीको बाढीपछि अपर त्रिशुली हाइड्रोपावरको टनेलमा फसेका ३५० जनासहित रसुवाका विभिन्न प्रभावित क्षेत्रबाट नेपाली सेनाले ८८३ जनाको उद्धार गरेको छ भने टनेलमा फसेका थप सयभन्दा बढीको उद्धार जारी छ।

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीपछि अपर त्रिशुली हाइड्रोपावरको टनेलमा फसेका ३५० जनासहित जिल्लाका विभिन्न प्रभावित क्षेत्रबाट नेपाली सेनाले ८८३ जनाको उद्धार गरेको छ।

बाढीपछि टनेलभित्र फसेका मजदुर तथा स्थानीयमध्ये ३५० जनालाई बुधबार सेनाको टोलीले सुरक्षित रूपमा बाहिर निकालेको हो। टनेलमा अझै एक सयभन्दा बढी व्यक्ति फसेको जानकारीका आधारमा उनीहरूको खोज तथा उद्धार कार्य जारी रहेको छ।

टनेलमा उद्धार जारी
अपर त्रिशुली हाइड्रोपावरको टनेलमा उद्धारका लागि नम्बर १ सेकेन्ड मुभमेन्ट ट्याक्टिकल हेडक्वार्टर, त्रिशुलीबाट जमदार भक्तजन बस्नेतको कमाण्डमा १-३ को सैन्य टोली परिचालन गरिएको छ।

बाढीपछि टनेलभित्र मानिसहरू फसेको जानकारी आएपछि सेनाको टोली उद्धारमा खटिएको हो। प्रभावित क्षेत्रमा जोखिम कायमै रहेकाले टोलीले थप व्यक्तिलाई सुरक्षित बाहिर निकाल्ने कामलाई निरन्तरता दिएको छ।

अन्य क्षेत्रबाट थप ५३३ जनाको उद्धार
सेनाले टनेलबाहेक रसुवाका अन्य बाढी प्रभावित क्षेत्रबाट थप ५३३ जनालाई सुरक्षित स्थानमा सारेको छ।

सीक्यूआरटी धुन्चे ब्यारेकबाट सहसेनानी अभिषेक शाहीको कमाण्डमा खटिएको १-५ को टोलीले स्याफ्रुवेशी, टिमुरे, मैलुङ, ठूलो हाकु र हाकुबेँसीका विभिन्न स्थानबाट उनीहरूको उद्धार गरेको हो।

यससँगै बुधबार रसुवाका बाढी प्रभावित क्षेत्रबाट सेनाले उद्धार गरेका स्थानीय तथा मजदुरको संख्या ८८३ पुगेको छ।

प्रभावित क्षेत्रमा जोखिम कायमै रहेकाले नेपाली सेनाले टनेल तथा अन्य प्रभावित स्थानमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ।

0 Comments