१२ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोटेकोशी बाढीपीडितको राहत र पुन:स्थापनाका लागि गण्डकी सरकारले चार करोड दिने

अ+ अ-

काठमाडौँ । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा पुन:स्थापनाका लागि गण्डकी प्रदेश सरकारले चार करोड रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ।

प्रदेश सरकारले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गर्ने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

बाढीपछि केही नागरिक सम्पर्कविहीन रहेकाले उनीहरूको खोजी तथा अवस्थाबारे जानकारी लिने कार्यमा प्रदेश सरकारले सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ। साथै, फेला परेका शवको पहिचान तथा उचित व्यवस्थापनका लागि पनि आवश्यक समन्वय भइरहेको मुख्यमन्त्री पाण्डेले बताएका छन्।

बाढीबाट प्रभावित तथा जोखिममा रहेका नागरिकलाई उद्धार गरी सुरक्षित स्थानमा व्यवस्थापन गर्न प्रदेश सरकारले जोड दिएको छ। घाइतेको उपचार, आश्रयविहीनका लागि सुरक्षित आवास तथा प्रभावित परिवारलाई खाद्यान्न र अन्य अत्यावश्यक राहत सामग्री उपलब्ध गराउने कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई परिचालन हुन आग्रह गरिएको छ।

मुख्यमन्त्री पाण्डेले विपद्को अवस्थामा खोज, उद्धार, उपचार, आश्रय र राहत व्यवस्थापनका कामलाई समन्वयात्मक रूपमा अघि बढाउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन्।

0 Comments