१२ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीबाट प्रभावित क्षेत्र: नेपाल टेलिकमका ८० वटा ‘साइट’ पुनः सञ्चालनमा

अ+ अ-

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाका दूरसञ्चार सेवा पुनः सञ्चालन गर्न नेपाल टेलिकमले प्राविधिक जनशक्ति तथा आवश्यक उपकरण परिचालनलाई तीव्रता दिएको छ । बाढीका कारण प्रभावित भएका तीन जिल्लाका १२० साइटमध्ये हालसम्म ८० वटाको सेवा पुनः सञ्चालनमा आएको नेपाल टेलिकमले जनाएको छ ।

टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार बाढी प्रभावित क्षेत्रमा अवरुद्ध मोबाइल सेवा तत्काल सञ्चालनमा ल्याउन हेलिकप्टर प्रयोग गरी प्राविधिक कर्मचारी र आवश्यक उपकरण परिचालन गरिएको छ । भदौ ११ गते हेलिकप्टरमार्फत कर्मचारी परिचालन गरी गोसाईंकुण्ड गाउँपालिका-६ स्थित रसुवा सदरमुकाम धुन्चेको मोबाइल स्टेसन सञ्चालनमा ल्याइएको उनले बताए ।

आज बिहानैदेखि नेपाल टेलिकमका प्राविधिक कर्मचारी रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रमा सेवा सञ्चालन हुन बाँकी रहेका स्थानमा खटिएका छन् । यसका साथै सञ्चालनमा आइसकेका टावरलाई थप भरपर्दो बनाउन आवश्यक प्राविधिक कामसमेत भइरहेको प्रवक्ता लामिछानेले जानकारी दिए ।

यस क्रममा रसुवाको गोसाईंकुण्ड गाउँपालिका-५ स्थित गोल्जुङ टावर (बाहुनडाँडा) सञ्चालनमा ल्याइएको छ । उक्त टावर सञ्चालनमा आएपछि स्याफ्रुबेँसी, पार्वतीकुण्ड गाउँपालिका-४ र ५ तथा गोसाईंकुण्ड गाउँपालिका-३ र ५ का केही क्षेत्रमा मोबाइल सेवा पुनः सञ्चालन भएको छ । 

स्याफ्रुबेँसी-टिमुरे राजमार्गका केही भागमा दूरसञ्चार सेवा पुनः सञ्चालन भएको टेलिकमले जनाएको छ । नुवाकोटको सूर्यगढी गाउँपालिका-३ स्थित गेर्खु मोबाइल टावर सञ्चालनमा आएपछि विदुर नगरपालिका-१० र ११ तथा सूर्यगढी गाउँपालिका-४ का केही भागमा दूरसञ्चार सेवा पुनः सञ्चालन भएको छ ।

कम्पनीका अनुसार विदुर नगरपालिका-८ स्थित तुप्चे टावर तथा गोसाईंकुण्ड गाउँपालिका-२, टिमुरे माथिको डाँडामा रहेको टेलिकम टावरमा आज हेलिकप्टरमार्फत जेनेरेटर, पेट्रोल तथा प्राविधिक कर्मचारी परिचालन गरी सेवा सञ्चालन गर्ने काम भइरहेको छ ।

बाढीपछि भदौ १० गतेदेखि नेपाल टेलिकमका प्राविधिक कर्मचारी रसुवा जिल्लाका न्यौपानेचौर, राम्चे, गोल्जुङ र धुन्चे स्टेशनमा निरन्तर खटिएका छन् । उनीहरूले बाढी प्रभावित क्षेत्रमा अवरुद्ध सेवा पुनः सञ्चालन तथा सञ्चालनमा रहेका सेवाको निरन्तरताका लागि आवश्यक प्राविधिक काम गरिरहेका छन् ।

नेपाल टेलिकमले विपद्को अवस्थामा नागरिकको सञ्चार आवश्यकतालाई सहज बनाउन सेवा निरन्तरता, पूर्व सूचना तथा सचेतना र आवश्यक प्राविधिक कार्यलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ । बाढीबाट प्रभावित बाँकी साइटमा समेत सेवा यथाशीघ्र सञ्चालनमा ल्याउन आवश्यक जनशक्ति, उपकरण र स्रोतसाधन परिचालन भइरहेको नेपाल टेलिकमले जनाएको छ ।

0 Comments