काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालमा हालै गएको विनाशकारी पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेललाई समवेदना सन्देश पठाएका छन्। नेपालस्थित चिनियाँ दूतावासका अनुसार राष्ट्रपति सीले शुक्रबार राष्ट्रपति पौडेललाई उक्त सन्देश पठाएका हुन्।
यसैबीच, राष्ट्रपति सीले शुक्रबार नै चिनियाँ कम्युनिस्ट पार्टीको आकस्मिक बैठक बोलाएका थिए। बैठकमा उनले उद्धार प्रयासका क्रममा पहिरोका कारण नयाँ बनेको अवरोध ताल (ब्यारियर लेक)मा विशेष ध्यान दिन सम्बन्धित अधिकारीलाई निर्देशन दिएका छन्।
बुधबार नेपाल-तिब्बत सीमा क्षेत्रमा आएको आकस्मिक बाढीका कारण ठूलो जनधनको क्षति भएको छ।






