१२ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक अधिकृतसहित तीन जनाको शव पहिचान, आफन्तलाई बुझाइयो

अ+ अ-

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि विभिन्न स्थानमा फेला परेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएका शवमध्ये आज तीन जनाको पहिचान भएको छ । पहिचान भएकामध्ये एक जनाको शव आफन्तलाई बुझाइएको छ ।

नवलपरासीको सुस्ता गाउँपालिका-१ निवासी ३७ वर्षीय यादव भण्डारीको शव पहिचान भएको छ । रसुवाको टिमुरेस्थित अध्यागमन कार्यालयमा कार्यरत अधिकृत भण्डारीको शव उनका दाजु चुडामणि भण्डारीले पहिचान गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

यसैगरी, नवलपरासीको देवचुली क्षेत्रमा फेला परेर प्रतिष्ठान ल्याइएको शव अर्घाखाँचीको पाणिनी गाउँपालिका-७ निवासी ४७ वर्षीय नारायण थापाको रहेको पहिचान भएको छ । उनी रसुवाको बेत्रावतीस्थित नीलकण्ठ माध्यमिक विद्यालयमा अध्यापनरत रहेको जनाइएको छ । उनको शव श्रीमती कमला थापाले पहिचान गरेको प्रशासनले जनाएको छ ।

त्यसैगरी, धादिङ जिल्लामा फेला परेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको शवमध्ये भक्तपुर नगरपालिका-९ निवासी ३६ वर्षीय सत्यसुन्दर प्रजापतिको शव पहिचान भएको छ । उनको शव भाइ सत्यकृष्ण प्रजापतिले पहिचान गरेपछि आफन्तलाई हस्तान्तरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिए । 

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि धादिङ, गोरखा, तनहुँ र नवलपरासीस्थित त्रिशूली तथा नारायणी नदी किनारमा फेला परेका १०२ शव परीक्षणका लागि पोखरा ल्याइएको थियो । फेला परेका शवको पहिचान तथा आवश्यक कानुनी प्रक्रिया निरन्तर जारी रहेको प्रशासनले जनाएको छ ।

शुक्रबार साँझसम्म ५७ शवको औँठाछाप परीक्षण (फिङ्गरप्रिन्ट) तथा सरसफाइ गरिएको छ भने ११ शवको पोस्टमार्टम सम्पन्न भएको बताइएको छ ।  शवहरूको पहिचानकार्य पनि निरन्तर भइरहेको सहायक प्रजिअ बरालले जानकारी दिए । बाढीपछि विभिन्न स्थानमा भेटिएका शव यहाँ ल्याइएपछि सम्पर्कविहीन व्यक्तिका आफन्त तथा परिवारजन पहिचानका लागि पोखरा आएका छन् । उनीहरुलाई यहीँ नि:शुल्क खानेबस्ने प्रवन्ध गरिएको प्रशासनले जनाएको छ । 

0 Comments