१३ भाद्र २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लाइन काटेर दुई करोडभन्दा बढी विद्युत् बक्यौता असुल

अ+ अ-

दमौली (तनहुँ) । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काटेर आर्थिक वर्ष २०८२/८३ मा रु दुई करोड दुई लाख ८३ हजार एक सय चार बक्यौता रकम असुल गरेको छ ।

सो अवधिमा रु दुई करोड ५७ लाख ८८ हजार दुई सय ८० विद्युत् महसुल उठ्न बाँकी रहेकामा महसुल बुझाएपछि सात सय ९४ ग्राहकको विद्युत् लाइन पुनः जडान गरिएको केन्द्रका इन्जिनियर डिलबहादुर आलेले जानकारी दिए।

केन्द्रले आर्थिक वर्ष २०८१/८२ मा विद्युत् लाइन काटेर रु एक करोड २७ लाख १५ हजार सात सय ८६ तथा आर्थिक वर्ष २०८०/८१ मा एक हजार चार सय ३६ ग्राहकको लाइन काटेर रु दुई करोड ६८ लाख ४५ हजार सात सय बक्यौता रकम असुल गरेको थियो ।

 आर्थिक वर्ष २०८२/८३ मा ८७ करोड ७६ लाख १३ हजार सात सय ८७ युनिट विद्युत् बिक्री गरेको छ । विद्युत् बिक्रीबाट रु एक अर्ब एक करोड ११ लाख १२ हजार एक सय २६ आम्दानी भएको इन्जिनियर आलेले बताए।  सो अवधिमा एक हजार आठ सय ९५ नयाँ मिटर जडान गरिएको छ । ४९ वटा ट्रान्सफर्मर जलेपछि नयाँ ट्रान्सफर्मर जडान गरिएको तथा १० वटा नयाँ लोड सेन्टर थप गरिएको छ ।

वितरण केन्द्रअन्तर्गत छ वटा सबस्टेसन, ३० वटा ११ केभी फिडर, १०७ किलोमिटर ३३ केभी लाइन, ९३९ किलोमिटर ११ केभी लाइन, चार हजार तीन सय २८ किलोमिटर ०.४/०.२३ केभी वितरण लाइन तथा ६७३ वटा ट्रान्सफर्मर छन् ।

वितरण केन्द्रले तनहुँका १० स्थानीय तह, कास्कीको रुपा गाउँपालिकाका वडा नं ३ र ४ का केही भाग, लमजुङको मध्यनेपाल नगरपालिकाका वडा नं १, २, ३, ४ र ५ तथा नवलपुरको बौदीकाली र बुलिङटार गाउँपालिकाका केही भागमा  सेवा प्रवाह गर्दै आएको छ ।

वितरण केन्द्रमा स्थायी ६०, दैनिक ज्यालादारी ३७, सेवा करार ३४, गोटागन्ती १९ र सुरक्षाकर्मी २० गरी एक सय ७० जना कार्यरत छन् ।

केन्द्रले ११/०.४ केभीका लाइन विस्तार, मर्मत, सम्भार, सुदृढीकरण तथा स्तरोन्नति, आवश्यकताअनुसार विभिन्न क्षमताका लोड सेन्टर थप, ग्राहकलाई भरपर्दो, गुणस्तरीय र विश्वसनीय विद्युत् आपूर्ति तथा नयाँ मिटर जडान र मिटरसम्बन्धी गुनासो व्यवस्थापन गर्दै आएको छ ।

0 Comments