१३ भाद्र २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘भोटेकोशी बाढी प्रभावित क्षेत्रमा संक्रमणको जोखिम बढ्न सक्छ’ : चिकित्सक 

अ+ अ-

काठमाडौँ । चिकित्सकले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा समय बित्दै गएसँगै संक्रमणको जोखिम बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् । अब बिस्तारै मृत्यु भएका मानिस तथा जनवारको शरीर कुहिन थाल्ने र यसले दुर्गन्ध तथा रोग फैलाउन सक्ने भन्दै सतर्क रहन चिकित्साहरूले सबैलाई आग्रह गरेका हुन् ।

संक्रमक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै स्वास्थ्य सुरक्षालाई पनि प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । बाढीपछि समय बित्दै जाँदा दूषित पानी, असुरक्षित खानपान, फोहरमैलाई तथा लामखुट्टेको वृद्धि हुने हुँदा सोही कारण विभिन्न प्रकारका सङ्क्रमण फैलिन सक्ने भन्दै उनले यसतर्फ सबै सचेत बन्नुपर्नेमा जोड दिए ।

“समय बित्दै जाँदा शवहरू कुहिने सम्भावना अत्यधिक रहन्छ । यसले संक्रमणको जोखिम बढ्न सक्छ । दूषित पानी र असुरक्षित खानपानका कारण झाडापखाला, ज्वरोलगायत स्वास्थ्य समस्या देखिन सक्छन् । ब्याक्टेरिया वा भाइरसबाट विभिन्न सङ्क्रमण हुनसक्छ”, डा. पुनले भने । बाढीबाट बाँचेका तथा विस्थापित भएका नागरिकमा आगामी दिनमा झाडापखाला, ज्वरोलगायत स्वास्थ्य समस्या देखिन सक्ने भएकाले यसतर्फ समयमै सबै सचेत बन्नुपर्ने उनको भनाइ छ ।

बाढीको पानी र त्यसपछि जम्मा भएको फोहर तथा दूषित पानी वातावरणमा मिसिएर ब्याक्टेरिया र भाइरसको सङ्क्रमण फैलिने जोखिम बढी हुने डा पुनले बताए। बाढीका कारण विस्थापित परिवारलाई सुरक्षित खानपानको व्यवस्था गर्न चुनौती हुने भएकाले यसतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ ।

“विस्थापित अवस्थामा खानपान व्यवस्थापन गर्न चुनौतीपूर्ण हुन्छ । सुरक्षित पानी र खाना नपाउँदा झाडापखाला तथा टाइफाइडको जोखिम बढ्न सक्छ । पानी जम्ने ठाउँ बढेसँगै लामखुट्टे पनि बढ्न सक्छन् र सङ्क्रमणको जोखिम थपिन सक्छ”, उनले भने, “बाढीबाट प्रभावित मानिसले घर, सम्पत्ति र आफन्त गुमाएको अवस्थामा उहाँहरूलाई स्वास्थ्य सुरक्षाका सबै उपाय अपनाउन आग्रह गर्नु व्यवहारिक रूपमा कठिन हुने भए पनि उपलब्ध स्रोतबाट सुरक्षित खानेपानी र सफा खानाको व्यवस्था गर्नु अत्यावश्यक छ ।” 

0 Comments