१३ भाद्र २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उद्धारमा सघाउन चिनियाँ सुरुङ विज्ञ टोली नेपाल आइपुग्यो

बाढी प्रभावित क्षेत्रमा सुरुङभित्र फसेकाहरूको उद्धार तथा राहत कार्यमा प्राविधिक सहयोग गर्न चिनियाँ सुरुङ विज्ञ टोली नेपाल आइपुगेको छ। नेपालस्थित चिनियाँ दूतावासले सामाजिक सञ्जालमार्फत टोली आएको जानकारी दिएको हो।

अ+ अ-

काठमाडौँ। बाढी प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत कार्यमा सहयोग गर्न चीनबाट सुरुङसम्बन्धी विज्ञ टोली नेपाल आइपुगेको छ।

नेपालस्थित चिनियाँ दूतावासले केही मिनेटअघि मात्रै सामाजिक सञ्जालमार्फत चिनियाँ सुरुङ विज्ञहरू नेपाल आइपुगेको जानकारी दिएको हो। दूतावासले टोली उद्धार तथा राहत कार्यमा सहयोग गर्न आएको जनाएको छ।

विशेषगरी बाढी प्रभावित जलविद्युत आयोजनाका सुरुङ तथा भूमिगत संरचनामा फसेकाहरूको उद्धारका लागि प्राविधिक विशेषज्ञताको आवश्यकता देखिएका बेला चिनियाँ टोली नेपाल आएको हो। नेपाल सरकारले पनि जटिल सुरुङ उद्धारलगायत विशेष प्राविधिक क्षमता आवश्यक पर्ने क्षेत्रमा विदेशी विज्ञको सहयोग लिने निर्णय गरेको छ।

नेपाली टोलीसँग समन्वय गरेर काम
प्राप्त विवरणअनुसार चिनियाँ सुरुङ विज्ञहरू प्रभावित क्षेत्रमा परिचालित नेपाली उद्धार टोलीसँग समन्वय गरेर काममा सहभागी हुनेछन्। बाढीका कारण प्रभावित सुरुङ तथा भूमिगत संरचनाभित्रको अवस्था अध्ययन गरी उद्धारको सम्भाव्यता र अपनाउनुपर्ने प्राविधिक विधिमा उनीहरूले सहयोग गर्नेछन्।

रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाली सेना तथा अन्य सुरक्षा निकायले खोज तथा उद्धार कार्य जारी राखेका छन्। जटिल भूमिगत संरचनामा उद्धारका लागि विशेष प्राविधिक ज्ञान आवश्यक देखिएपछि नेपालले चीनसहितका मुलुकबाट विशेषज्ञ सहयोग स्वीकार गरेको हो।

चिनियाँ दूतावासले सार्वजनिक गरेको सूचनामा पनि सुरुङ विज्ञहरूको आगमनलाई नेपालमा भइरहेको उद्धार तथा राहत प्रयासमा सहयोग गर्ने कदमका रूपमा उल्लेख गरिएको छ।

0 Comments