१३ भाद्र २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढी-पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत

अ+ अ-

काठमाडौँ । भदौ १० गतेको बाढी तथा विपद्पछिको अवस्थालाई सम्बोधन गर्न सरकारले घाइतेहरूको उपचार, शव व्यवस्थापन तथा सम्भावित संक्रामक रोगको रोकथामलाई तीव्रता दिएको छ ।

विपद्मा ज्यान गुमाएकाहरूको पहिचान तथा व्यवस्थापन जटिल बन्दै गएपछि सरकारले नयाँ कार्यविधि (निर्देशिका) परिमार्जन गरी स्वीकृत गरेको हो । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकाअनुसार विपद् प्रभावित क्षेत्रमा उपचार व्यवस्थापन सहज भए पनि बाढीले बगाएका शवहरूको खोजी, पहिचान, भण्डारण र परिवारलाई बुझाउने कार्य चुनौतीपूर्ण बनेको मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीले बताए । बाढी प्रभावित क्षेत्रहरूमा जनावरका शवहरू, सडेगलेका फोहोर तथा दूषित पानीका कारण जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै मन्त्रालयले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । कतै शव वा फोहोर फेला परेमा तत्काल स्थानीय प्रशासन वा प्रहरीलाई खबर गर्न अनुरोध गरिएको छ ।

उनले भने, ‘विगतमा भएका अभ्यासहरूलाई परिमार्जन गरेर सरकारले हिजो मात्रै शव व्यवस्थापन गर्ने निर्देशिका स्वीकृत गरेको छ । सोहीअनुसार अब सामूहिक रूपमा शवहरूको व्यवस्थापन गर्ने कार्यमा सरकारी निकायहरू जुटेका छन् । सबै शवहरू लामो समय सुरक्षित राख्न सम्भव नभएकाले भोलिका दिनमा पहिचानका लागि फरेन्सिक परीक्षण गर्न नमुनाहरू संकलन गरेर सुरक्षित राख्ने काम अगाडि बढाइएको छ । फोहोर तथा पानी जमेका ठाउँहरूसम्म आफ्ना बालबालिका नपुग्ने गरी सुरक्षित स्थानमा बस्न हामी सबैमा अनुरोध गर्छौँ । यसले भोलिका दिनमा आउन सक्ने जनस्वास्थ्यका समस्याहरू न्यूनीकरण गर्न मद्दत गर्छ ।’

यसैबीच, विपद्पछिको अवस्थामा पानीजन्य तथा किटजन्य रोगहरूको प्रकोप फैलन सक्ने जोखिम बढेको छ । अस्थायी शिविरहरूमा विस्थापितहरू एकै ठाउँमा बस्दा रुघाखोकी, इन्फ्लुएन्जा तथा अन्य संक्रामक रोगहरू तिब्र गतिमा फैलिन सक्ने भएकाले मन्त्रालयले पूर्व तयारी थालेको सह प्रवक्ता अधिकारीले बताए । 

उनले भने, ‘सरसफाइको कमी, दूषित पानी, पोषणको अभाव र किरा–फट्याङ्ग्राको वृद्धिका कारण रोगहरू फैलिन सक्छन् । साथै, विस्थापितहरू सानो ठाउँमा सँगै बस्दा संक्रमणको जोखिम उच्च हुन्छ । त्यसैले रोग आउन नदिन, आइहालेमा तुरुन्त पहिचान गरी उपचार गर्न आवश्यक औषधि र स्वास्थ्य सामग्रीको जोहो तथा जनचेतना अभिवृद्धिका कार्यहरू भइरहेका छन् ।’

हाल प्रभावित जिल्लाहरूमा स्थानीय प्रशासन, सुरक्षा निकाय र स्वास्थ्य टोलीहरूबीच समन्वय गरी उद्धार, राहत तथा स्वास्थ्य उपचार सेवालाई निरन्तरता दिइएको छ । 

0 Comments