१४ भाद्र २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोटेकोशीमा पुन: बाढीको सतह बढेसँगै सतर्कता अपनाउन आग्रह

अ+ अ-

काठमाडौँ । रसुवाको ल्हेन्दे खोला हुँदै भोटेकोशी नदीमा पुन: बाढीको सतह बढेको छ। आइतबार बिहानदेखि नदीमा बहाव बढेको र ठूलो आवाज सुनिएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार बिहान करिब ४ बजेदेखि नदीमा ठूलो आवाज सुनिएको हो। अँध्यारोका कारण बाढीको अवस्था र बहावको परिमाण भने यकिन हुन नसकेको उनले बताए।

उनका अनुसार नदीबाट करिब एक घण्टादेखि निरन्तर ठूलो आवाज सुनिएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै नुवाकोट, धादिङ तथा सम्बन्धित मन्त्रालय र प्राधिकरणलाई समेत जानकारी गराइएको छ।

बाढी पूर्वानुमान महाशाखाले पनि रसुवाबाट भोटेकोशीमा बहाव बढेको सूचना प्राप्त भएपछि रसुवा, नुवाकोट र धादिङसम्मका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।

रसुवा प्रशासनबाट प्राप्त सूचनापछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै काठमाडौँको नागढुंगा र चितवनतर्फ सवारीसाधन रोकिएको जानकारी प्राप्त भएको छ।

यसअघि भदौ १० गते ल्हेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढीले रसुवासहित तल्लो तटीय क्षेत्रका विभिन्न जिल्लामा मानवीय तथा भौतिक क्षति पुर्‍याएको थियो।

पुन: बहाव बढेको सूचना आएपछि प्रशासनले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान र सम्बन्धित निकायबाट जारी हुने सूचनालाई पालना गर्न आग्रह गरेको छ।

0 Comments