१४ भाद्र २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

अ+ अ-

कास्की । रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी सहायक हवल्दार दीपेन्द्र विष्टको शव पहिचान भएको छ ।

पाल्पाको तानसेन नगरपालिका–१० घर भई इलाका प्रहरी कार्यालय टिमुरे, रसुवामा कार्यरत ३४ वर्षीय विष्ट बाढीपछि बेपत्ता भएका थिए । बाढीपछि उनको शव गोरखामा फेला परेको हो । शव व्यवस्थापनका लागि पोखरा महानगरपालिका–१० रामघाटस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएकामा शनिबार परिवारले पहिचान गरेर अन्त्येष्टिका लागि घर लगेको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए । उनका अनुसार मृतक विष्टका दाजु दीपकबहादुरले शवको सनाखत गरेका हुन् ।

रसुवा बाढीपछि विभिन्न जिल्लामा भेटिएका १०२ शव पोखरा ल्याइएको छ । शनिबार साँझसम्म ५० शवको परीक्षण सकिएको र १२ वटाको पहिचान भएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव पहिचानका लागि बाढीमा बेपत्ता भएकाहरूका परिवारजन आउने क्रम बढेको छ ।\

प्रतिष्ठानमा शव पहिचानका लागि स्क्रिनमा तस्बिर हेर्ने व्यवस्था मिलाइएको छ । प्रतिष्ठानमा शव व्यवस्थापनका लागि जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले शव व्यवस्थापनको काम भइरहेको जानकारी दिए । “हुलियासहितको विवरण हेल्प डेस्कमा राखेर स्क्रिनमा पीडित परिवारले आएर हेर्न सक्ने प्रबन्ध गरेका छौँ”, उनले भने ।

0 Comments