१४ भाद्र २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरी प्रधान कार्यालयमा स्थापित ‘आपत्कालीन समन्वय केन्द्र’ ले विपद् व्यवस्थापन तथा उद्धारमा कसरी काम गर्दैछ ? 

अ+ अ-

काठमाडौँ । भदौ १० गतेको भोटेकोशी बाढी र त्यसपछिको विपद्का घटनालाई दृष्टिगत गर्दै नेपाल प्रहरीले प्रधान कार्यालयमा ‘आपत्कालीन समन्वय केन्द्र’ स्थापना गरी कार्य शुरु गरिरहेको छ । 

प्रहरी महानिरीक्षकको प्रत्यक्ष निर्देशनमा स्थापित यस केन्द्रको नेतृत्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुदर्शनप्रसाद कोइरालाले गरिरहेका छन् ।  नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक अविनारायण काफ्लेकाअनुसार यस केन्द्रले विपद्का घटनामा परेका व्यक्तिको खोजतलास, शव व्यवस्थापन र उद्धार कार्यमा अन्तरनिकाय समन्वयको मुख्य भूमिका निर्वाह गरिरहेको छ । केन्द्रमा विभिन्न डेस्कहरू स्थापना गरी अस्पतालहरूमा संकलन भएका शवहरूको विवरण, तस्बिर तथा भिडियो संकलन गर्ने र पीडित पक्षसँग समन्वय गरी पहिचान खुलाउने कार्य भइरहेको छ । 

प्रवक्ता काफ्लेकाअनुसार केन्द्रले देशभरबाट बेपत्ता भएका व्यक्तिहरूको विवरण संकलन गरी त्यसको व्यवस्थित ‘डकुमेन्टेसन’ गरिरहेको छ। संकलित फोटो तथा भिडियोहरूलाई बेपत्ता व्यक्तिको विवरणसँग भिडान (म्याचिङ) गरी पहिचान गर्ने कार्यलाई प्राथमिकता दिइएको छ । उद्धार कार्यका लागि मेडिकल असिस्टेन्स र आवश्यक जनशक्ति परिचालनमा समेत यसै केन्द्रबाट समन्वय भइरहेको छ । 

अन्तर्राष्ट्रिय विमानस्थलमा समेत प्रहरी उपरीक्षक (एसपी) को नेतृत्वमा समन्वय अधिकृत तोकिएको छ । केन्द्रले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग निरन्तर समन्वय गरिरहेको छ । 

प्रहरीको पछिल्लो तथ्यांकअनुसार विपद्का कारण हालसम्म ६ सय ६९ वटा शव (अंगहरू समेत गरी) फेला परेका छन् । जसमा १४८ महिला, २६८ पुरुष, २२ बालिका, २० बालक र २११ वटा मानव अङ्ग रहेका छन् । फेला परेका शवमध्ये हालसम्म २० वटा पहिचान खुलेर आफन्तलाई हस्तान्तरण गरिएको छ । 

बेपत्ता हुनेहरूको संख्या २,३६२ पुगेको छ । जसमा १,५९१ स्वदेशी पुरुष, २६४ स्वदेशी महिला रहेका छन् भने ५२३ जना विदेशी नागरिक (२२३ पुरुष र ३०० महिला) बेपत्ता छन् । विपद्को समयमा २६ जना प्रहरी कर्मचारी समेत हराइरहेको केन्द्रले जनाएको छ ।

प्रहरीले हालसम्म २,३०१ जनाको घाइते अवस्थामा उद्धार गरेको छ । नुवाकोटमा ९ वटा होल्डिङ सेन्टर स्थापना गरी १ हजार जनालाई राखिएको छ भने धादिङमा पनि होल्डिङ सेन्टरहरू सञ्चालनमा ल्याइएको छ । 

नेपाल प्रहरीले हराएका र फेला परेका व्यक्तिहरूको विवरण नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा उपलब्ध गराएको छ । नागरिकहरूले वेबसाइटमा राखिएका फोटो तथा भिडियोहरू हेरेर आफ्ना आफन्तको पहिचान गर्न सक्ने र त्यसपछि कानुनी प्रक्रिया पूरा गरी शव हस्तान्तरण गरिने प्रवक्ता काफ्लेले जानकारी दिए । 

0 Comments