१४ भाद्र २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राहत वितरणको ‘एकद्वार प्रणाली’ले महिला र बालबालिकाका विशेष आवश्यकता छुटाएको काँग्रेसको गुनासो

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलकी प्रमुख सचेतक वासना थापाले बाढी प्रभावित क्षेत्रमा राहत व्यवस्थापनका लागि अपनाइएको एकद्वार प्रणालीका कारण महिला तथा बालबालिकासँग सम्बन्धित संवेदनशील आवश्यकता सम्बोधन हुन नसकेको बताएकी छन्।

ललितपुरको सानेपास्थित काँग्रेस केन्द्रीय कार्यालयमा आयोजित बाढी पहिरो विपद् व्यवस्थापनसम्बन्धी छलफलमा थापाले हालै गरेको स्थलगत अनुगमनका क्रममा उद्धार तथा राहतमा भएका केही सकारात्मक कामसँगै वितरण प्रणालीमा गम्भीर समस्या देखिएको उल्लेख गरिन्।

स्थानीय तथा प्रदेश सरकारको समन्वयमा उद्धार र राहतका गतिविधि अघि बढे पनि स्वास्थ्य, सरसफाइ र व्यक्तिगत स्वच्छताजस्ता तत्काल सम्बोधन गर्नुपर्ने विषय पर्याप्त प्राथमिकतामा नपरेको उनको भनाइ छ।

थापाले विपद्का कारण बालबालिकाको पोषण र स्वास्थ्यमा पर्न सक्ने दीर्घकालीन असरप्रति समेत सरकार र सम्बन्धित निकाय गम्भीर हुनुपर्ने बताइन्। पर्याप्त पौष्टिक आहारको अभावले बालबालिकाको प्रतिरोधात्मक क्षमता कमजोर हुन सक्ने भन्दै उनले आमा तथा शिशुको संरक्षण र हेरचाहलाई राहत व्यवस्थापनकै प्राथमिकतामा राख्नुपर्ने धारणा राखिन्।

स्थलगत अवस्थाबारे जानकारी दिँदै उनले प्रभावित महिलाहरूलाई आवश्यक स्यानिटरी प्याड तथा हाइजिन किट पर्याप्त रूपमा उपलब्ध हुन नसकेको बताइन्। केन्द्रबाट पठाइएका कतिपय राहत सामग्री वितरण स्थलमै थुप्रिएर बसेको तर लक्षित लाभग्राहीसम्म पुग्न नसकेको उनको दाबी छ।

एकद्वार व्यवस्थापनको प्रक्रियाले विशेषज्ञता भएका निकायको प्रत्यक्ष सहभागितामा समेत अवरोध सिर्जना गरेको भन्दै थापाले स्वास्थ्य, महिला अधिकार तथा बाल संरक्षणका क्षेत्रमा काम गरिरहेका संस्थालाई प्रभावित क्षेत्रमा काम गर्ने सहज वातावरण बनाउन आग्रह गरिन्।

उनले रेडक्रसलगायत स्वास्थ्य तथा मानवीय सेवामा संलग्न संस्थालाई आवश्यक समन्वय र पहुँच उपलब्ध गराएर प्रभावित समुदायका विशिष्ट आवश्यकतालाई राहत व्यवस्थापनमा समेट्नुपर्ने बताइन्।

0 Comments